अब हवाई यात्रुले उडिरहेको विमानभित्र मोबाइल फोन प्रयोग गर्न पाउने
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार १२:४१:२६
१९ मंसिर, काठमाडौं । सुन्दा पनि अचम्मै लाग्ला तर यो सत्य हो । युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि अब छिट्टै मोबाइल फोन प्रयोग गर्न पाउने भएका छन्।
उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभ जी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगले जनाएको हाे ।
यसको अर्थ विमानका यात्रुहरूले अब आफ्नो मोबाइललाई फ्लाइट मोडमा राखिरहन पर्दैन। यद्यपि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै स्पष्ट नभएकाे बीबीसीमा प्रकाशित समाचारमा जनाइएकाे छ।
युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई विमानका लागि फाइभ जी फ्रिक्वेन्सी उपलब्ध गराउन आगामी वर्षको जुन ३० सम्मको समय दिइएको छ। यस्तो प्रविधि तयार भएपछि मानिसहरूले उडिरहेको विमानबाट पनि फोन गर्न सक्छन् र मोबाइल डेटाको प्रयोग गर्न सक्छन् र गीत सङ्गीत सुन्न र भिडिओ पनि हेर्न सक्छन्।
आन्तरिक बजारका लागि ईयू कमिसनर टिएरी बेर्टोँले यो योजनाले “मानिसहरूलाई नवीन सेवाहरू उपलब्ध गराउने” र युरोपेली कम्पनीहरू फस्टाउने बताए।
एअरप्लेन मोडको अन्त्य हो ?
युरोपेली आयोगले निश्चित फ्रिक्वेन्सीहरू विमानहरूका लागि सन् २००८ बाटै आरक्षित गरेको छ। कतिपय विमान सेवाहरूले यसअघिबाटै उडानका क्रममा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन्।
तर यस्तो सेवा ऐतिहासिक रूपमै धीमा छ। विमानमा रहेका मानिसहरूको सम्पर्क जमिनसम्म पुर्याउन भू उपग्रह उपकरणको भर पर्ने भएकाले यस्तो इन्टरनेट सुस्त हुन्छ।
नयाँ प्रणाली फाइभ जी प्रविधिमा आधारित हुने भएकाले यसअघि उपलब्ध हुने सेवाभन्दा निकै तीव्र हुनसक्छ। यस्तो इन्टरनेट १०० एमबीपीएसको गतिमा चल्न सक्छ र एउटा चलचित्र केही मिनटभित्रै डाउनलोड गर्न सकिन्छ।
विमानलाई असर त गर्दैन ?
यूकेस्थित उडान सुरक्षा कमिटीका प्रमुख कार्यकारी डाई विटिङ्हम मोबाइलले विमानलाई गर्न सक्ने असरबारे पर्याप्त जानकारीको अभावका कारण मोबाइलमा हुने फ्लाइट मोड ऐतिहासिक रूपमै महत्त्वपूर्ण रहेको बताउँछन्।
“यसले स्वचालित उडान नियन्त्रण प्रणालीमा हस्तक्षेप गर्न सक्छ भन्ने चिन्ताहरू थिए,” उनी भन्छन्। “तर अनुभवले के देखायो भने यस्तो हस्तक्षेपको जोखिम धेरै नै कम हुने रहेछ। तर पनि उडानमा रहेको समयमा मोबाइललाई सधैँ एअरप्लेन मोडमा राख्न सिफारिस गरिँदै आएको छ।”
अमेरिकामा फाइभ जी फ्रिक्वेन्सीले उडानहरू प्रभावित गर्न सक्ने चिन्ता व्यक्त भएका थिए। यसले विमानको उचाइ मापनमा समेत प्रभाव पर्न सक्ने ठानिएको थियो।
तर यूके र युरोपेली सङ्घका देशहरूमा यो कुनै समस्या नहुने विटिङ्हम बताउँछन्। “यहाँ हस्तक्षेपको सम्भावना अति नै न्यून छ। हामीसँग फाइभ जी का लागि छुट्टै फ्रिक्वेन्सी छ र अमेरिकाको तुलनामा कम क्षमताको प्रणाली छ,” उनले भने।
“यात्रा गरिरहने मानिसहरू फाइभ जी प्रयोग गर्न मन पराउँछन्। नियामक निकायहरूले त्यसको सम्भावना पनि खोल्दै जान्छन् तर उनीहरूले गरेका कामहरू सुरक्षित भएको निश्चित गर्नका लागि केही चरणहरू पार गर्नुपर्ने हुन्छ।” बीबीसीले यूकेको उडान नियामक नागरिक उड्डयन प्राधिकरणसँग पनि यसबारे प्रतिक्रियाका लागि आग्रह गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक
मंसिर १९, २०८१ बुधबार
धौलागिरि अस्पतालमा दुई वर्षयता सात सय शल्यक्रिया
मंसिर १९, २०८१ बुधबार
उपरथीमा बढुवा भएका प्रेमबहादुर पुनलाई दर्ज्यानी चिह्न
मंसिर १९, २०८१ बुधबार
शिक्षण अस्पतालमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न
मंसिर १९, २०८१ बुधबार
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप,२० भन्दा बढी प्रहरी घाइते
मंसिर १९, २०८१ बुधबार
दुबै पक्षका आंशिक विषय समावेश हुने गरी नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार