‘हामीले गठबन्धनको विकल्पमा एमालेसँग सहकार्य गर्ने भनेका छैनौँ’: माओवादी
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ सोमबार २:१५:८
१८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि सत्ता गठबन्धनलाई छाडेर नेकपा एमालेसँग सहकार्यको ढोका खुल्ला गरिएको भन्ने भनाइ गलत भएको प्रष्टीकरण दिएको छ । उसले सत्ता गठबन्धनभन्दा बाहिरबाट सरकारको विकल्प नखोजिएको स्पष्ट पारेको छ ।
पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरागर्दै माओवादीका महासचिव देव गुरुङले अहिले माओवादीले एमालेसँग सहकार्यका लागि यो गठबन्धनको विकल्प खोज्यो भनेर आएका भनाइहरु तथ्यहीन भएको भन्दै एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताए ।
उनले अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल भएको माओवादीको निष्कर्ष रहेको बताए । गुरुङले निर्वाचनमा थोरै यताउता भयो होला तर, अब यसलाई स्वीकार गरेर अघि बढ्नुपर्ने आफ्नै कमी कमजोरी र सीमाको पनि मुल्यांकन गरिने बताए ।
उनले भएका गल्तीलाई आगामी दिनमा सुधार गर्दै पार्टीलाई सुदृढ गर्दै अघि बढ्ने र निर्वाचनसँग सम्बन्धित विषयमा बैठकमा छलफल भएको बताए । उनले पार्टीले पहिले गठबन्धनमै छलफल गर्ने र त्यसको विकल्प खोज्ने विषयमा कुरै नगरेको बताए । उनका अनुसार सोमबार सरकार गठन लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको जानकारी दिए ।
उनले अहिलेसम्म गम्भिर रुपमा सरकार गठनबारे छलफल नभएको भन्दै गठबन्धन घटकबीच अब गहन छलफल हुने बताए । भोलि गठबन्धनको बैठक बसेर निर्वाचन सीमाको बारेमा समीक्षा गर्ने तयारी भएको तर, एमालेसँग गठबन्धनको कुरा नआएको दावी गरे । उनले भने,‘हिजो कतै कतै समाचार आएको पनि देखियो तर त्यस्तो होइन । गठबन्धनको विकल्प खोजेका छैनौँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार