पत्रकारमाथि आक्रमण गर्ने बिरुद्ध प्रहरीमा ज्यान मार्ने कसुरमा मुद्दा दर्ता, विभिन्न संघसंस्थाद्धारा कारवाहीको माग
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २२:४९:३७
१९ मंसिर, हेटौडा । आइतबार राती समाचार लेखेकाे विषयलाई लिएर पत्रकार रामकुमार एलन र रमेश बञ्जरा (इन्द्र) माथि हातपात भएको छ । हातपातबाट उनीहरू सख्त घाइते भएका छन् । सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको भन्दै आइतबार राति ९ः५० तिर हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा सदनमा एलनमाथि सांघातिक हमला भएको हो ।
आफूलाई कांग्रेसका नेता इन्द्र बानियाँको समर्थक दाबी गर्ने राजेश भेटवालसहितका करिब २०–२२ जनाको जत्थाले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । निर्वाचनका समयमा नेतालाई असर पर्ने गरी समाचार लेखेको विषयमा सामान्य विवाद भएकै अवस्थामा उनीहरूमाथि सो समूहले आक्रमण गरेको हो ।
पत्रकार एलनको उद्धार गर्न पुगेका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त समूहले आक्रमण गरेको बताइएको छ । महासचिव मगर पनि सामान्य घाइते भएका छन् । पत्रकार एलनको देब्रे कान र दाहिने गालामा चोट लागेको छ । घाइते दुई पत्रकारले भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँसहितको नाम उल्लेख गरी ज्यान मार्ने उद्योगमा मकवानपुर प्रहरीमा किटानी जाहेरी दर्ता गरेका छन् ।
एलनमाथि भएको आक्रमणको विभिन्न सञ्चार संस्थाहरुले निन्दा गरेका छन् । नेकपा समाजवादी निकट पत्रकारहरूको संस्था समाजवादी प्रेस संगठनले एलनसहितका पत्रकाकारहरूलाई कुटपिट गर्ने र योजनाकारको पहिचान गरी कारवाही गर्न माग गरेको छ । संगठनका उपमहासचिवसमेत रहेका एलनलाई राजेश भेटवालसहितको २०र२२ जनाको जत्थाले कुटपिट गरेको र पत्रकार महासंघ वागमतीका महासचिव कृष्ण सारु मगरमाथि पनि कुटपिट गरिएको भन्दै समाजवादी प्रेस संगठनले घटनाको विरोध गरेको हो ।
महासचिव मगर सामान्य घाइते भएको तथा एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको संगठनका महासचिव भूपराज खड्काले बताए । वागमती एक्सप्रेसमा हालै सम्पन्न चुनावमा कांग्रेसभित्रको घात(अन्तर्घातको समाचार प्रकाशित भएको थियो । मकवानपुर कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी समाचार झूट रहेको र त्यस्तो समाचार प्रकाशन नगर्न चेतावनी दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार