प्रहरी कर्मचारीहरूलाई व्यावसायिक, लगनशील र निडर भई जिम्मेवारी वहन गर्न आईजीपी सिंहको निर्देशन
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार १८:२६:१४
२० मंसिर, सोलुखुम्बु । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रणको साथै जनअपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूले व्यावसायिक, लगनशील र निडर भई जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको मंगलबार निरीक्षण भ्रमण तथा मातहत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा आईजीपी सिंह बताएका हुन् । निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरसस् पालना गरी प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखी कार्य सम्पादन गर्नुपर्ने बताए ।
सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न तथा जनचेतनाको कमीबाट हुने घटनाहरुलाई नियन्त्रण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न समेत उनले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक सिंहले सर्वोच्च शिखर सगरमाथाले परिचित पर्यटकीय जिल्ला सोलुखुम्बुमा भ्रमणको लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको आवागमनलाई सहज र सुरक्षाको प्रत्याभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउनेतर्फ प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने बताए ।
आपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरु नियन्त्रण गर्न, प्रकोपमा उद्दार कार्य गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी लगायत प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप,२० भन्दा बढी प्रहरी घाइते
मंसिर १९, २०८१ बुधबार
दुबै पक्षका आंशिक विषय समावेश हुने गरी नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
मंसिर १९, २०८१ बुधबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार