कांग्रेस नेतृत्वको सरकारले सुशासनका विषयमा सम्झौता गर्दैनः कोइराला
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार २२:५५:२५
२० मंसिर, बिराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेस नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् । उनले सरकार गठनका विषयमा सत्तारुढ दलबीच छलफल चलिरहेको भन्दै अब आउने कांग्रेस नेतृत्वको सरकारले जनतालाई सुशासन दिने कुरामा कसैसँग सम्झौता नगर्ने बताएका छन् ।
विराटनगरमा कांग्रेस यूवा नेता एवं प्रखर वक्ता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले आगामी सरकारका अगाडी धरै चुनौती रहेको र ती चुनौती पार लगाउन सहज पनि नभएको बताए । उनले जनताले चाहेको विषय नै सुशासन भएकाले यसमा आउने सरकार कटिबद्ध रहने दावी गरे ।
उनले सत्ता गठबन्धनले सरकार गठनका लाागि स्पष्ट बहुमत ल्याउन नसक्नुमा धेरै कारण रहेको भन्दै अब यसलाई सहज रुपमा लिएर गठबन्धन अगाडी बढ्ने बताए । नेता कोइरालाले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आवश्यक देख्दिनँ । त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ ।’
कांग्रेसको साख गिर्न नदिने भन्दै उनले सुशासनको सवालमा कुनै सम्झौता नगर्ने बताए । प्रधानमन्त्री को बन्न भन्ने कुरा धेरै ठूलो विषय नभएको भन्दै उनले ठूलो पार्टी भएको हिसाबले पनि प्रधानमन्त्रीमा कांग्रेसको दावी स्वभाविक रहेको बताए । उनले जनतालाई उचित डेलिभरी दिन सक्ने सरकार बन्ने बताए । कोइरालाले गठबन्धनसँग के कसरी अगाडी बढ्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने र उचित निर्णय लिने पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार