नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बिहिबार ०:६:२१
२१ मंसिर, काठमाडौं । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय ११ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन ।
२०७८ मंसिर १० गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७९ मंसिर ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय ११ र खुलातर्फ ३५ जना गरी कुल १ सय ४६ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण भएका छन । जसमा १७ जना महिला छन ।
नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७९ मंसिर १२ गतेको निर्णयले मंसिर १५ गतेदेखि लागू हुने गरी उनीहरु प्रहरी निरीक्षक पदमा नियुक्त भएकाे बताइएकाे छ ।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आगामी दिनमा अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्न निर्देशन दिए । नवनियुक्त अधिकृतहरूबाट संगठनको श्रीवृद्धिका लागि अझ बढी उर्जा प्राप्त हुने उनले विश्वास व्यक्त गरे ।
प्रहरी महानिरीक्षक सिंहले हालै सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ मा सम्पूर्ण कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गरी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सफल भएको चर्चा गर्दै निर्वाचन सम्पन्न गराउन खटिएका समस्त प्रहरी कर्मचारीहरूलाई विशेष धन्यवाद व्यक्त गरे ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
शिक्षण अस्पतालमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न
मंसिर १९, २०८१ बुधबार
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप,२० भन्दा बढी प्रहरी घाइते
मंसिर १९, २०८१ बुधबार
दुबै पक्षका आंशिक विषय समावेश हुने गरी नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
मंसिर १९, २०८१ बुधबार