एसपी सरुवा प्रकरणले प्रहरीमा रंडाको, बालुवाटारको हस्तक्षेपप्रति गृहमन्त्री असन्तुष्ट
नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार १७:२७:९
५ पुष, काठमाडौं । विभेदपूर्ण भएको भन्दै प्रहरी प्रधान कार्यलयले गरेको २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा विवादमा परेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहमाथि पनि सरुवामा असन्तुष्ट देखिएकाहरुले शक्तिकेन्द्रको मनसाय बमोजिम सरुवामा भूमिका निभाएको आरोप लगाएका छन् । यसै विषयलाई लिएर प्रहरी प्रधान कार्यलयमै बहस सुरु भएको छ ।
सरुवामा व्यक्तिको कार्यक्षमता अनुसार नभई राजनीतिक शक्तिको इच्छाअनुसार सरुवा गरिएको असन्तुष्टहरुको भनाई छ । सरुवामा बालुवाटार र खुमलटार हावी भएपछि गृहमन्त्री बालकृष्ण खाँडले यसमा असन्तुष्टि जनाएको बताइएको छ । उनले सरुवा विभेदपूर्ण र हस्तक्षेपपूर्ण बनाउने काम प्रधानमन्त्रीकै तहबाट हुनु दुःखद भएको भन्दै यसले प्रहरी संगठनलाई नै बदनाम गराएको बताएको स्रोतको भनाई छ ।
सोमबार प्रहरी प्रधान कार्यलयले जारी गरेको सरुवा सूचना अनुसारको रोलक्रममा काज सरुवामा परेका एक अधिकारीले सरुवामा विभेद गरिएको बताए । उनले शक्तिकेन्द्रको आडमा सरुवामा विभेदपूर्ण निर्णय भएको र एक वर्ष पनि राम्रोसँग जिल्ला कमाण्ड नगरेका एसपीको सरुवामा शक्तिकेन्द्र हावी भएको बताए । उनका अनुसार नेताहरुले चाहेको व्यक्तिलाई मात्रै अवसर दिइएको भन्दै प्रहरी प्रधान कार्यालयमा यसैका कारण व्यपक असन्तुष्टि बढेको छ । गृहमन्त्री खाँणले त यो सरुवाको सूचना सार्वजनिक नगर्नसमेत भनेको स्रोत बताउँछ ।
सरुवामा बालुवाटार हावी भएको गृहका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार विभागीय मन्त्री खाँणसमेत असन्तुष्ट देखिएका छन् । कतिपयले सरुवामा आर्थिक चलखेलको आशंका पनि गरेका छन् । सरुवामा बालुवाटार हावी भएपछि असन्तुष्ट बनेका गृहमन्त्री खाँणले यसले प्रहरी संगठनमै नराम्रो विवाद खडा गर्ने परिस्थिति सिर्जना भएको बताएका छन् । प्रहरी अधिकारीको सरुवामा आर्थिक चलखेलको विषय पुरानै रोग हो ।
एसपी सरुवाबारे गृहका एक अधिकारीले भने, ‘एसपी सरुवामा पनि नेताहरुकै फेर समात्नुपर्ने अवस्था छ । बालुवाटार र खुमलटारले चाहेको मात्रै सरुवा हुने अवस्था देखियो र भएको पनि त्यही छ । उनका अनुसार अहिलेको सरुवामा सबै वालुवाटार र खुमलटार हावी भएका छन् । गृहमन्त्रीले चाहेका व्यक्तिलाई पनि सरुवा गर्न नसकेकाले गृहमन्त्री खाँड पनि असन्तुष्ट रहेका छन् । तर उनले यो असन्तुष्टि कतै पनि पोख्न नपाएको गृहका ती अधिकारी बताउँछन् ।
उता, सरुवाको विषयलाई लिएर प्रहरीभित्र पनि चर्को असन्तुष्टि देखिएको छ । प्रहरी प्रधान कार्यलयका एक अधिकारीले भने, ‘ एसपी सरुवामा वालुवाटार र खुमलटार हावी भएकोले प्रहरी संगठनमा जतिसुकै प्रभावकारी नेतृत्व आएपनि सम्हाल्न नसक्ने अवस्था बनेको छ । यसपल्टको सरुवामा प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्वपीएसओ कोमल शाहलाई ‘ए ग्रेड’को जिल्ला पर्सा पठाइएको छ । त्यहाँ अतिरिक्त आम्दानीको स्रोत भएकाले उनलाई बालुवाटारकै रुचीमा पठाइएको हो ।
त्यसैगरी माओवादी अध्यक्ष पुष्पकमल दाहालका पूर्वपीएसओ नरेशराज सुवेदीलाई सर्लाही पठाइएको छ । तस्करीका लागि निकै उपयोगी मानिएको जिल्ला सर्लाहीमा यसअघि पूर्व उपप्रधानमन्त्री एवं एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका भाई नाता पर्ने प्रवीण पोखरेललाई पठाइएको थियो ।’
देउवाका पूर्व पिएसओ शाह यसअघि आफ्ना ब्याचीहरुको बढुवामा छलाङ मार्दै पहिलो नम्बरमा एसपी भएका थिए । बढुवामा सुवेदीले पनि छलाङ मारेका थिए । सोमबार निकालिएको एसपी काज सरुवाबाट ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । त्यसैगरी उपत्याका अपराध अनुसन्धान कार्यालयमा रहेका दुर्गाराज रेग्मीलाई झापा पठाइएको छ । उनी खुमलटारसँग नजिक मानिन्छन । उनी डीएसपी हुँदा पनि झापा बसेका हुन । पटक पटक अवसर पाएका रेग्मीले बानेश्वर वृत्त, उपत्यका अपराध अनुसन्धान जस्ता आकर्षक स्थानमा काम गरेका छन् ।
कमाण्डमा निकै कमजोर मानिएका राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा छिरेका विश्वराज खड्कालाई त्रिभुवन विमानस्थलबाट सिधै मधेश प्रदेशको महत्वपूर्ण मानिएको जिल्ला धनुषा पठाइएको छ । उनी दरवारमार्ग वृत्तमा रहँदा विवादित बनेका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाको निर्देशनमा देवेन्द्र बहादुर पाललाई कैलाली पठाइएको छ ।
सन्तोषसिंह राठौरलाई माओवादी अध्यक्ष प्रचण्डको दबाबमा बाँके पठाइएको स्रोतले जनाएको छ । राठौर पटक पटक विवादमा आएका प्रहरी अधिकारी हुन् । सार्क खेलकुद चलिरहेका बेला सोह्रखुट्टेको डीएसपी हुँदा पत्रकार कुटपिट गरेको उनी विरुद्धको मुद्धा अहिले पनि अदालतमा कायमै रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
शिक्षण अस्पतालमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न
मंसिर १९, २०८१ बुधबार
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप,२० भन्दा बढी प्रहरी घाइते
मंसिर १९, २०८१ बुधबार
दुबै पक्षका आंशिक विषय समावेश हुने गरी नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
मंसिर १९, २०८१ बुधबार