‘हिजो आजका कुरा’ बिदेशमा उच्च माग
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार १८:३८:५६
९ पुष, काठमाडौं । निर्देशक साकार पन्त दुई साता अघि फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शन गर्नका लागि अष्ट्रेलिया उडे । बरिष्ट अभिनेता पिता सन्तोष पन्तको कथा र निर्माणमा बनेको ‘हिजो आजका कुरा’ गत असोज २८ गते नेपालभरका हलमा प्रदर्शन भएको थियो । दर्शकबाट सुखद प्रतिक्रिया पाएको फिल्मको बिदेशमा माग बढेकाले निर्देशक स्वयम् अष्ट्रेलिया पुगेका हुन् ।
आफ्नो डेब्यु निर्देशन तथा अभिनयको फिल्म भएकाले दर्शकको माग अनुसार आफू अष्ट्रेलिया पुगेको साकारले बताएका छन् । ‘अष्ट्रेलियाका बिभिन्न शहरमा फिल्म शो भइरहेको छ,’ उनले जानकारी दिए,‘फिल्म निकै मन पराइरहनु भएको छ । त्यसैले पूर्वनिर्धारित भन्दा बढी शो थपीएका छन् । अझै केही साता शो निरन्तर रहन्छ ।’ उनले २२ डिसेम्बरमा क्वीनल्याण्डस्थित गार्डेन सिटी टुवाम्बामा सम्पन्न शोमा दर्शकको खचाखच उपस्थिति रहेको बताए ।
यसअघि डर्विन क्याथरिन र ब्रिसवेनमा सम्पन्न शोमा पनि दर्शकले फिल्म निकै मन पराएका थिए । फिल्म २९ डिसेम्बरमा क्यानबेरा, ५ जनवरीमा सिड्नी र ८ जनवरीमा गोल्ड कोयस्ट अनि २२ जनवरीमा एडिलेडमा प्रदर्शन हुदैछ ।
‘हिजो आजका कुरा’ को बिदेश प्रदर्शन यात्रा अमेरिकाबाट सुरु भएको थियो । गत १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटी स्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन गरिएको फिल्म त्यसपछि १८ देखि २५ नोभेम्बरसम्म डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा र २० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा प्रदर्शन गरियो । अमेरिकामा पनि दर्शकको माग बढेकाले २३ डिसेम्बरबाट टेक्ससमा दुई सातासम्म लगातार फिल्म प्रदर्शन सुरु भएको जानकारी उनले दिएका छन् ।
अष्ट्रेलियामा फ्युजन मिडिया प्रोडक्शनले फिल्म प्रदर्शनमा साथ दिइरहेको छ । ‘बिदेशमा ‘हिजो आजका कुरा’ प्रति दर्शकमा देखिएको आकर्षणले अत्यन्तै खुशी लागेको छ,’ निर्देशक साकार भन्छन्,‘अमेरिका,अष्ट्रेलिया झै क्यानडा,युरोप,जापानलगायत बिश्वका थुप्रै देशबाट फिल्मको डिमाण्ड आएको छ । हामी सकेसम्म धेरैभन्दा धेरै देशमा प्रदर्शन गर्ने तयारीमा छौ ।’
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा बरिष्ट अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाले लेखेका हुन् । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार