रघुगङ्गामा एक करोड ८५ लाख बजेट विनियोजन
नेपालबहस संवाददाता
पुस १२, २०७९ मंगलबार १७:१२:५
१२ पुष, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ योजनामा रु एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिए ।
गाउँसभाले बृहत् घोप्टेखोला र बृहत् चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको एक प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णयसमेत गरेको छ । सङ्घीय सरकारमार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगङ्गा गाउँपालिको वडा नं २ भगवती, ३ पिप्ले र ७ चिमखोलालाई समेटने बृहत् चिमखोला–पिप्ले भगवती खानेपानी आयोजना र वडा नं ५ झिँ र ६ पाखापानीलाई समेट्ने बृहत् घोप्टेखोला खानेपानी योजना सम्झौताका लागि उपभोक्ताले जुटाउनुपर्ने स्रोतका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी वडा नं ५ झिँको वडा कार्यालय भवनका लागि थप रु २५ लाख बजेट विनियोजन भएको छ । सभाले प्रदेश र सङ्घीय सरकार विशेष र समपूरक योजनासमेत माग गर्ने निर्णय गरेको छ । प्रदेश समपूरकअन्तर्गत पाखापानी–कोटगाउँ–रायखोर–घ्यासीखर्क सडकलाई रु ५० लाख, सङ्घीय समपूरक कोषअन्तर्गत झिँ वडा कार्यालयलाई थप रु ३० लाख, सङ्घीय समपूरकअन्तर्गत मुक्तिधाम मावि प्राविधिक धारको भवन निर्माण गर्न रु एक करोड ५० लाख बजेट माग गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरी सङ्घीय विशेष अनुदानअन्तर्गत वडा नं १ बेगको भुँइपाइले फुटबल खेलमैदान, वडा नं २ को बैँसेरी–साझापानी लिफ्ट सिँचाइ योजना, वडा नं ४ को शिव आधारभूत विद्यालय पुनःनिर्माण, वडा नं ५ को उच्च उचै खेलमैदान र वडा नं ३ को रघुगङ्गा माविको खेलमैदान निर्माणका लागि बजेट माग गरिएको छ भने प्रदेश विशेष अनुदानमा वडा नं ५ को गौरव आधारभूत विद्यालयको पूर्वाधार निर्माणको योजना माग गर्नुका साथै विभिन्न खोलामा वारपारका लागि झोलुङ्गे पुलसमेत माग गर्ने निर्णय गरिएको छ । सभाले जग्गा वर्गीकरणका लागि स्थानीय जग्गा वर्गीकरण कार्यान्वयन समिति गठन गरी समितिमार्फत नै आवश्यक कार्य अघि बढाउने निर्णय गरेको छ । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक वर्षमा निर्वाचनलगायतका कारण योजना कार्यान्वयनमा ढिलाइ भएको बताउँदै योजनालाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धित वडा र उपभोक्ताले तत्परता देखाउनुपर्नेमा जोड दिए ।
उनले सीमित स्रोत र साधनका बीच गाउँपालिकाले अत्यावश्यक आवश्यकतालाई प्राथमिकतमा राखेर योजना छनोट र बजेट विनियोजन गरेको बताउँदै पालिकाको स्रोत र साधनले नभ्याउने योजनाका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिने बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले निर्वाचनपछि पालिकामार्फत सञ्चालन हुने योजना कार्यान्वयनको गति बढेको बताउँदै पालिकामार्फत सम्पादित प्रगतिबारे जानकारी गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार