‘ज्ञानको चिहान’ पुष १३ बाट मञ्चन हुने
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार १९:५४:४२
१३ पुष, काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सहकार्यमा कलाशी प्रोडक्सनले प्रस्तुत नाटक ‘ज्ञानको चिहान’ पुष १३ बाट मञ्चन हुने भएको छ । नाटक बत्तिसपुतलिस्थित शिल्पी थिएटरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समुपस्थितिमा पुस १३ गते मञ्चन हुने भएको हो । नाटक पौष १३ देखि ३० गतेसम्म मञ्चन हुनेछ ।
ज्ञान विभिन्न तरिकामा सन्दर्भ गर्न सकिन्छ । यसको सामान्य अर्थमा शब्द ज्ञानले कुनै खास विषय वा विषयमा सञ्चित जानकारीलाई जनाउँछ । अधिक विशिष्ट अर्थमा, ज्ञान क्षमता, कौशल, मानसिक प्रक्रियाहरू र व्यक्तिद्वारा प्राप्त जानकारीको सेटको रूपमा परिभाषित गरिएको छ ।
जसको कार्य हो वास्तविकता वर्णन गर्न, समस्याहरू समाधान गर्न र व्यवहारलाई निर्देशित गर्छ । यस्तै, प्रश्न नै प्रश्ननले घेरिएको शब्द “ज्ञान” लाई नै नजर राख्दै नाटक ‘ज्ञानको चिहान’ मञ्चन हुने भएको हो ।
सामुदायिक शिक्षालाई कसरी सुधार्ने, शिक्षामा निजीकरणले, निम्त्याएको समस्या, विश्वविद्यालय भित्रका समस्या र समाधानका विषयवस्तुलाई समेटेर तयार गरिएको नाटकलाई संगीत सापकोटाले निर्देशन गर्नु भएको हो । नाटकको कथा पूर्ण बहादुर गन्धर्व, आशिष घिमिरे र नरेश रेग्मीले तयार पार्नुभएको हो ।
नाटकमा सौभाग्य सिंह राई, विशाल देवकोटा, सुचित्रा उप्रेती, उन्नत जङ्ग उप्रेती, नवीन अर्याल, दीपेश काफ्ले, सन्जित प्रताप मल्ल, नवीन प्याकुरेल, सुनिल तामाङ, अर्जुन दुलाल, विकाश लामा, मौसम खड्का, श्रवण सिंह राना मगर, आनन्द महत, आशिष घिमिरे, निशान खत्री, सुन्दर धिताल, प्रीतिशा अधिकारी, पूर्ण बहादुर गन्दर्व लगायत कलाकारहरुको अभिनय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ११, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठकबाट आज नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार