उपप्रधानमन्त्री रविलाई घुमुवा आवश्यकता, दुवै प्रहरीबाट मागे विवरण
नेपालबहस संवाददाता
पुस २०, २०७९ बुधबार १८:४०:४६
२० पुष, काठमाडौं । निर्देशनमन्त्रीको उपाधि पाएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले घुमुवा प्रहरीको विवरण मागेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल मातहतका सादा पोशाक (घुमुवा) विवरण गृह मन्त्रालयमा पठाउन निर्देशन दिएका हुन् ।
नेपाल प्रहरीले विशेष व्यूरो र सशस्त्र प्रहरी इन्टेलीजेन्स व्यूरोको रुपमा कार्यरत रहेका प्रहरीलाई घुमुवा प्रहरी भनिन्छ । यसबाहेक कार्यालय प्रमुखले पनि सुचना संकलनका लागि घुमुवा प्रहरी राख्ने चलन रहेको छ । कतिपय सन्दर्भमा घुमुवा प्रहरीले आर्थिक चलखेल गरेको भन्दै विभागमा उजुरी पर्ने अवस्थामा उनीहरुलाई कारवाही गरिएको हुन्छ । तर यसपटक गृह मन्त्रालयले घुमुवा प्रहरीको विवरण मागेपछि भने दुवै प्रहरीलाई संकट परेको छ ।
‘कतिपय काममा गएका प्रहरीलाई घुमुवा भन्ने चलन छ तर उनीहरुको विवरण हामीले संगठनमा चुस्तदुरुस्त राखेका हुन्छौ अब नाम दिनुपर्ने अवस्था आएमा उनीहरुले मात्र होइन भावी दिनमा अरुले पनि काम गर्न मान्दैनन’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने । घुमुवाको रुपमा परिचालित जनशक्तिको विवरण मागेका छन् । गृह मन्त्रालयले ती दुबै प्रहरी संगठनलाई हिजो लेखेको पत्रमा सादा पोशाकमा परिचालित प्रहरी कर्मचारीहरुको संख्या तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ ।
‘नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सादा पोशाक (घुमुवा) को रूपमा परिचालित प्रहरी कर्मचारीहरू के कति संख्यामा परिचालित छन् ? यसरी खटाइएका प्रहरीहरू मापदण्डबमोजिम परिचालित हुन् वा होइनन् ?’
गृहमन्त्रीले त्यस्ता घुमुवाको हालको अवस्था, खटिएका प्रहरीहरूको अवधिदेखि आधिकारिक रुपमा खटाइएका हुन् वा होइनन् ? भन्ने विषयसमेत पत्रमा उल्लेख गर्न लगाएका हुन्’, मन्त्रालयले जारी गरेको पत्रमा भनिएको छ । साथै सो पत्रमा मन्त्रिस्तरिय निर्णय गरिएको भन्दै सबै विवरण पठाउन आग्रह गरिएको छ ।
‘आलोपालो बदलीको व्यवस्था के छ ? साथै कसको मातहतमा कसरी खटाईंदै आएको छ ? संघ, प्रदेश र जिल्लागत रूपमा उल्लिखित विवरणहरू तीन दिनभित्र उपलब्ध गराईदिनु हुन,’ सो पत्रमा भनिएको छ । घुमुवाका कारण दुवै प्रहरी संगठन बद्नाम भएको भन्दै सो विवरण मागिएको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार