ओलीलाई माथ गर्दै अध्यक्ष लामाले हसाए मनाङ, बाटो विनाको गाडी मोहले सकियो बजेट
नेपालबहस संवाददाता
पुस २३, २०७९ शनिबार २३:३:१४
२४ पुष, काठमाडौं । कुनैबेला तत्कालीन देशका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले समुद्रमा नेपालको झण्डा फहराएका पानीजहाज चल्ने उद्घोष गरिरहँदा उनका कार्यकर्ताले तररर ताली पिटेका थिए । कहीँकतै समुद्रले छुन नसकेको भूपरिवेष्ठित मुलुक, त्यो पनि गरिबीमा पिल्सीरहेको देशले समुद्रमा जहाज चलाउने ? कति हास्नु क्या ?
ठ्याक्कै त्यस्तै नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष जितेका मनाङकाे नार्पाभूमी गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जीङ लामा उर्फ बाबाले पनि केपी ओली शैली नै पछ्याएका छन् । यसैपनि विकट भनेर चिनिने हिमालपारीको जिल्ला मनाङ, त्यसमा पनि सडक सञ्जालले छुँदै नछोएको विकट गाउँपालिका नार्पाभूमीका अध्यक्ष बाबा उर्फ तेन्जीङले झण्डै ३५/३६ लाख पर्ने कालो रंगको स्कार्पियो गाडी खरिद गरेर मनाङतिर हास्यको पात्र त बनेकै छन्, नार्पाभूमी बारे जानकार राख्नेहरुका लागि उनी आफैँ जात्रा समेत भएका छन् ।
स्थानीय सरकार भनिने गाउँपालिकाको ठूलो बजेट आफ्नो शान र सुविधा बढाउन उनले खर्चिएको मनाङवासीलाई मन परेको छैन । ‘त्यत्रो रकम बरु बाटो नै अलिकति चौडा र सुविधाजनक बनाए हुन्थ्यो, साइकल कुदाउने बाटो नभएको ठाउँमा किन गाडी किनिएको होला ?,’ एक मनाड्गीको प्रश्न थियो, ‘यस्तोमा अख्तियार लाग्दैन ?’
अगाडीपट्टीको ढोकामा नार्पाभूमी गाउँपालिकाको लोगो राखेर काठमाडौं, पोखराजस्ता शहरमा हुकिन्छ सरकारी ६२७ नम्बर प्लेट भएको कालो रंगको स्कार्पियो जीप । तर, त्यो गाडीले नार्पाभूमीको कुनै सीमाना छुन, देख्नसम्म पाएको हुन्न । सदरमुकाम चामे पनि नार्पाभूमीबाट आउँदा जाँदा कोत्रोबाट जम्माजम्मी ३ किलोमिटर मात्र छ । त्यसैले पनि मनाङ जिल्लातिर पनि उक्त गाडी खासै देखा पर्दैन ।
‘नार’ र ‘फू’ दुई गाऊँलाई जोडेर नार्पाभूमी नामाकरण गरिएको हो । चामे नजिकै कोत्रोबाट हिँडेर पूरा एक बिहान साढे ५ घन्टामा मेहता भन्ने ठाउँमा पुगिन्छ । त्यहाँबाट ‘नार’ र ‘फू’ जाने बाटो छुटिन्छ । पहरा खोपेर बनाइएको घाडेबाटोमा हुँदै जानुपर्छ विकट गाऊँ “नार फू” । जहाँ भविष्यमा पनि मोटरबाटो पुर्याउन राष्ट्रिय बजेट नै पार्नु पर्ने हुन्छ, त्यो कति सम्भव होला ? जबकी नार्पाभूमी गाउँपालिकाको मतदाता संख्या ५ सयको हाराहारीमा होला । ती मध्ये पनि कोही पोखरा, काठमाडौं र विदेशतिरै छन् ।
स्थानीय स्तरमा महंगो जडीबुटी यार्सागुम्बा टिप्न स्वीकृति दिनका लागि लिइने राजश्व र यार्सा ओसारपसारको स्वीकृतिका लागि लिइने करबाहेक खासै आम्दानीको स्रोत नभएको नार्पाभूमी गाउँपालिका सरकारी बजेटबाटै चल्नु पर्छ । तिब्बतको बोर्डरमा पर्ने गाउँ भएकाले विदेशी पर्यटकको पनि आउजाउ ठिकै हुन्छ । सामान्य लगानीका होटल पनि सञ्चालनमा छन् । तर, सुविधाका हिसाबले छुट्टै गाउँपालिका जस्तो लाग्दैन । र पनि, अध्यक्ष बाबा उर्फ तेन्जीङ लामाको व्यक्तिगत सुविधाका लागि उक्त गाडी खरिद गरिएकोमा कुनै शंका छैन ।
अधिकांश समय काठमाडौंमै बिताउने पालिका अध्यक्ष बाबा उर्फ तेन्जीङ गाउँ जाँदा आउँदा समेत हेलिकप्टर प्रयोग गर्ने गरेको मनाङबासी सुनाउँछन् । बहुमुल्य जडीवुटी यार्सागुम्बाका उनी प्रमुख खरिदबिक्रीकर्ता पनि हुन् । अर्थात्, यार्सागुम्बाका मुख्य व्यापारी । त्यो बाहेक पनि अन्य विभिन्न व्यापार व्यवसायमा उनको लगानी रहेकाले उपाध्यक्षलाई निमित्त दिएर उनी अधिकांश समय राजधानीतिरै टहल्ने गर्छन् ।
गाडी खरिदको विषय समाचार बनाउन खोजिएको नभएर यसरी पनि हुन्छ, सरकारी बजेटको दूरुपयोग भन्ने प्रतिनिधि प्रमाणका रुपमा यो इश्यू उठान गर्न खोजिएको हो । गाडी खरिद प्रक्रियामा भ्रष्टाचार नभएता पनि सरकारी सम्पत्ति दूरुपयोग भएको विषयमा पनि अख्तियारको ध्यान पुग्थ्यो कि ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार