खोरका सबै बङ्गुर मरेपछि किसान चिन्तित
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १७:१६:२२
२६ पुष, तनहुँ । भीमाद नगरपालिका–६ का सुरवीर थापाले १७ वर्ष वैदेशिक रोजगारीमा बिताए। ‘सधैँ विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गराैँ र परिवारको साथमा बसौँ’ भन्ने भावना उनी बोकेर चार वर्षअघि घर फर्किए ।
घर फर्किएपछि थापाका दम्पतीले बङ्गुर व्यवसाय थाले । फार्ममा रहेका आठ बङ्गुर अप्रिकन स्वाइन फिभरका कारण एकाएक मरेपछि उनका सपना सबै चकनाचुर बन्न पुगेको छ । करिब २० धार्नी बढी किलोग्रामका बङ्गुर मरेर खोर नै रित्तिएपछि पुनः विदेशिनुपर्ने अवस्था आएको कृषक थापाले बताए ।
जिल्लामा पहिलोपटक भीमाद नगरपालिकामा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण देखापरेसँगै बङ्गुर मरेपछि बङ्गुरपालन कृषक चिन्तित भएको भेटेरेनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । उक्त रोगविरुद्व अहिलेसम्म भ्याक्सिन बनेको छैन । उनले भने, “नेपालमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका कृषकलाई बङ्गुर घटाउन भने पनि नमान्दो धेरै क्षति व्योहर्नुपर्ने अवस्था देखिएको छ ।”
अफ्रिकन स्वाइन फिभर सङ्क्रमण हुँदा बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने, मृत्युदर सय प्रतिशत हुनेलगायतका लक्षण देखापर्ने केन्द्र प्रमुख डा. श्रेष्ठले बताए । थापाको फार्ममा रहेका आठवटै बङ्गुर अचानक मरेपछि पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको उनले जानकारी दिए ।
केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गर्न थालेका छन् । केन्द्रका प्रमुख डा श्रेष्ठले भने, “यस रोगका कारण एक चरण बङ्गुर मरेर सकिन्छ होला भन्ने अनुमान गरेका छौँ ।” तनहुँको भीमाद र म्याग्दे गाउँपालिका– ५ मा गरी हालसम्म २२ बङ्गुर मरिसकेको सो केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार