गण्डकीका मन्त्रीले पाएनन् मन्त्रालय, मुख्यमन्त्रीको कार्यालयमा वास
नेपालबहस संवाददाता
पुस २६, २०७९ मंगलबार १७:४७:४८
२६ पुष, पोखरा । गण्डकी प्रदेशमा सोमबार निययुक्त भएका ३ मन्त्रीले मन्त्रालय पाउन सकेका छैनन् । मुख्यमन्त्री खगराज अधिकारीसँगै नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान, नेकपा (एमाले)की सीता कुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले विना विभागीय मन्त्रालयको शपथ लिए ।
शपथपछि पहिलो मन्त्रिपरिषद् बैठक बसेपछि मन्त्रीहरु घरतिर गए । मन्त्रालयको जिम्मेवारी नपाएका कारण उनीहरु मुख्यमन्त्री कार्यालयमै बस्नुपर्ने भएको छ ।
सत्ता गठबन्धन भित्रको भागबण्डा नमिलेका कारण मन्त्रालयको विभाजन नभएको माओवादी संसदीय दलका नेता तथा मन्त्री हरिबहादुर चुमानले बताए । ‘मन्त्रालयको संख्या कति बनाउने र कुन पार्टीलाई कति मन्त्रालय भन्ने टुंगिएको छैन,’ उनले भने, ‘भागबण्डा नमिलेकै कारण जिम्मेवारी नदिइएको हो ।’
श्रोतका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रालयको विभाजन टुंग्याउनेछन् । ‘थप मन्त्रीहरु पनि विश्वासको मत पछि नियुक्त गरिनेछ । अहिले नियुक्त भएका मन्त्रीको कार्य जिम्मेवारी पनि त्यसपछि मात्रै टुंगो लाग्छ,’ एक नेताले भने, ‘३३ सांसदको समर्थन छ । सबैलाई मिलाउनुपर्ने छ । त्यसैले केही ढिलो हुन सक्छ ।’
यसैका लागि मुख्यमन्त्री खगराज अधिकारी र मन्त्री हरिबहादुर चुमान सहितको टोली काठमाडौं जाने तयारीमा छ । राप्रपाका मन्त्री पञ्चराम गुरुङ भने समय अभावका कारण कार्य जिम्मेवारी बाँडफाँट नभएको बताउँछन् । ‘हिजो ढिलो भयो । समय पुगेन । हतारमा सपथ खानुपर्याे,’ उनले भने, ‘केही दिनभित्रै जिम्मेवारी दिने कुरा छ ।’
शपथपछि उनीहरुले सोमबार नै मन्त्रिपरिषद बैठक बसेर ५ बुँदे निर्णय समेत गरेका छन् ।
नव गठित सरकारको मन्त्रीपरिषद् बैठक आज पनि बस्दै छ । सरकारमा पहिलो चरणमा मुख्यमन्त्री सहित एमालेका २, माओवादीका १ र राप्रपाका १ जना मन्त्री बनेका छन् । हाल १२ मन्त्रालय रहेको गण्डकीमा संख्या घटाएर ९ मा झार्ने तयारी छ । ९ मन्त्रालय भए माओवादीले ४ वटामा दावी गरेको छ । एमालेले ५ वटा मन्त्रालय खोजेको छ ।
नेकपा (एकीकृत समाजवादी)का सांसदको समेत समर्थन भएकोले दीपक मनाङेलाई सरकारमा लैजाने विषयमा छलफल चलिरहेको छ ।
मन्त्रालय ९ मै हुँदा एमाले ४, माओवादी ३, राप्रपा १ र स्वतन्त्र (पछि एस प्रवेश) १ मन्त्री बन्ने सम्भावना देखिन्छ । संविधान अनुसार १ महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । संविधानको धारा १७६ ९२० अनुसार अहिलेको सरकार गठन भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार