कांग्रेसलाई राष्ट्रपति वा सभामुख चाहिन्छः अब्दुल
नेपालबहस संवाददाता
पुस ३०, २०७९ शनिबार १७:३०:३६
३० पुष, पाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सतारले कांग्रेसलाई राष्ट्रपति वा सभामुखमध्ये एक चाहिने बताएकबा छन् । उनले संस्दको सबैभन्दा ठूलो दलका हैसियतले पनि कांग्रेसले दुइमध्ये एक पाउनुपर्ने दावी गरेका छन् ।
नेपाल प्रेस युनियन पाल्पाले शनिबार तानसेनमा गरेको अन्तरक्रियामा उनले एमाले अध्यक्ष केपी ओलीले संसदमा पहिलो पटक गरेको भाषणले देशलाई पुनः प्रतिगमनतर्फ धकेल्न सक्ने देखिएकाले कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताए ।
‘ठूलो दल र प्रमुख पद एमालेले लिने प्रयास गरेको देखिएको थियो,’ उनले भने, ‘पुनः केपी ओलीको मनोमानी रोक्नका लागि नै विश्वासको मत दिएको हो ।’ उनले सत्तालोलुपताका लागि कांग्रेस सत्तामै जानका लागि विश्वासको मत नदिएको बताए ।
केपी ओलीले पहिलो पटक संसद्मा बोलेका शब्द र कांग्रेसले विश्वासको मत दिएपछिको बोली फेरिएको उनले बताए । नेता सतारले कांग्रेसका समग्र कार्यकर्ता र मुलुकका लागि हित हुने गरी विश्वासको मत दिएको बताए । फरक प्रसंगमा उनले कांग्रेस बलियो अवस्थामा रहँदारहँदै पनि नेतृत्वको पदलोलुपताका कारण कांग्रेस प्रतिपक्षमा पुगेको बताए ।
‘केन्द्रीय कार्यसम्पादन समितिको अदूरदर्शिताले हजार अवसर गुमाउनु परेको छ,’ उनले भने, ‘सही समयमा गोल गर्न नसकेकाले अहिलेको परिस्थिति आएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार