शोकमा डुबेको छ क्याप्टेन केसीको गाउँ
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार २०:१२:५७
♦ पूर्ण विके
३ माघ, तनहुँ । आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको पुख्र्यौली गाउँ शोकमा डुबेको छ । इमान्दार र सहयोगी गाउँले गुमाउनुपर्दा गाउँका सबैका आँखा रसाएका छन् । कास्कीको रुपा गाउँपालिका–३ पोल्याङमा रहेको पुख्र्यौली घरमा रहेकी कान्छी आमा ७९ वर्षीया देवीलाई सान्त्वना दिन गाउँलेहरु भेला हुने गरेका छन् ।
गत दसैँको अष्टमीको दिन पोल्याङमा परिवारका सबै भेला भई रमाइलो गरिएको नै अन्तिम भएको कान्छी आमा देवीले बताए । “दशैंमा सबै जना जमघट भएर निकै रमाइलो गरिएको थियो । कमलले गाउँलेहरुसँग पनि भेटघाट गरेका थिएँ”, उनले भनिन, “अब सम्झिनुबाहेक केही रहेन । यो जन्ममा यत्तिकै हुने भो ।”
घरधन्दामा व्यस्त रहेको आफूलाई नाताले बुहारी पर्ने स्थानीय अप्सरा केसीले कमलले चलाएको जहाज दुर्घटनामा परेको भनेपछि रोएरै दिनरात बिताएको देवीले जानकारी दिइन । दुर्घटनामा देवर गुमाउनुको पीडाले आफूहरुलाई काम गर्ने उत्साह पनि नआएको अप्सराले बताइन । “यसरी अकालमा कोही पनि मर्न नपरोस्”, उनले भनिन “हामी जस्तै धेरैको परिवार शोकमा परेकाे छ । सबैको आत्माले शान्ति पाओस् ।”
सानैदेखि पढ्नमा चलाख र मिजासिला स्वभावका कमलले स्थानीय जनता मावि ‘तत्कालीन महेन्द्रज्योति प्रावि’मा कक्षा ४ देखि ५ सम्म पढेका थिए । त्यसअघि कमल कास्कीकै फल्याङकोटमा पढेका हुन । जनता माविबाट कक्षा ५ पूरा गरेपछि थप शिक्षाका लागि कमल काठमाडौं हानिएका थिए ।
“कमलदाइ यहाँको विद्यालयमा पढ्दा निकै चलाख र मिलनसार थिए”, जनता प्रावि व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका स्थानीय बलभद्र कुमालले भने, “हामी सानालाई निकै माया गर्नुहुन्थ्यो र ठूलालाई आदर गर्ने स्वभाव थियो ।”
काठमाडौंबाट हरेक पटक गाउँ आउँदा आफूलगायत गाउँका बासिन्दालाई कमलले सन्चोबिसन्चो सोध्ने गर्ने कुमालले बताए । “म यस्तो उस्तो भनेर कमलदाइले कहिल्यै घमण्ड गर्नुहुन्थेन,” कुमालले भने, “आँखामा राखे पनि नबिझाउने मान्छेलाई गुमाउँदा हामी गाउँले ठूलो शोकमा परेका छौँ ।”
माघे सङ्क्रान्तिको पर्व मनाउने तयारीमा आफूहरु रहेपनि दुर्घटनामा कमल परेको खबरले आफूहरुको भोकप्यास हराएको स्थानीय छिमेकी ६१ वर्षीया कृष्णा रानाभाटले बताए । “हामी गाउँलेलाई अभिभावक नै गुमाएको जस्तो भएको छ,” रानाभाटले भने ।
आफूहरुले क्याप्टेन कमलकी कान्छी आमा देवीलाई सम्झाउने र सान्त्वना दिने गर्दै आएको उनले बताए । गाउँमा ‘काजिबा’ भनेर कहलिएका वीरेन्द्र केसी र मीनाका जेठा छोरा क्याप्टेन कमल हुन भने विनोद माइला र विदुर कान्छा छोरा हुन । कमलका कल्पना, विन्दु, सरीता र सुनीता गरी चार बहिनी हुन । देवीको कोखबाट सुनीता जन्मिएका हुा । वीरेन्द्र र मीना पोखरा तेर्सापट्टिमा बस्छन । क्याप्टेन कमल बूढानीलकण्ठमा श्रीमती शिलु र कान्छा छोरा आर्यनसँगै बस्थिए । जेठा छोरा सागर बैङ्ककमा छन।
क्याप्टेन कमलको मृत्युको शोकमा बुबाआमालगायत श्रीमती शिलु र छोराहरुलगायत अर्धचेत अवस्थामा छन । क्याप्टेन कमल अनुभवी पाइटलमा गनिएका थिए । उनी ७२ सिट हुने एटिआर विमानको प्रशिक्षक पाइलटसमेत हुन । नेपाल वायु सेवा निगममा लामो समय विमान चलाएका कमल निगम छाडेर यती एयरलाइन्समा आबद्ध भएका थिए। माघ १ गते ६८ यात्रुसहित चार चालका दलका सदस्य रहेको यतीको यही दुर्घटनाग्रस्त विमानले पुष ७ गते पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा परीक्षण उडान भरेको थियो । परीक्षण उडानको नेतृत्वसमेत क्याप्टेन कमलले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार