म्याग्देमा शीत भण्डार निर्माणको जिम्मा पासा कन्स्ट्रक्सनलाई
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १७:३२:२
५ माघ, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–३ बिरुवा खिरेडाँडामा दुई सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण थालिएको छ । शीत भण्डार निर्माणको जिम्मा पासा कन्स्ट्रक्सनले पाएको छ ।
विसं २०७९ पुस १ गते सम्झौता भई रु एक करोड ४७ लाखको लागतमा शीत भण्डार निर्माण गर्न सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । शीत भण्डारमा फलफूल, तरकारीलगायत उपज भण्डार गर्न सकिने छ । कृषकले उत्पादन गरेका वस्तु भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्याको अन्त्य गर्न शीत भण्डार निर्माण गर्न लागिएको हो ।
शीत भण्डार २०८० असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । समृद्ध गाउँपालिका बनाउनका लागि उत्पादन र कृषिमा प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । कृषकले फलफूल र तरकारी उत्पादन गर्ने तर समयमा बिक्री हुन नसक्ने समस्या टड्कारो रहेका कारण उचित मूल्य पाउनबाट वञ्चित हुनुपरेकाले शीत भण्डार निर्माण जरुरी भएको उनको भनाइ छ । उत्पादित वस्तु समयमा बेच्न नसक्दा सड्ने र कृषकले घाटामा बेच्नुपर्ने हुँदा कृषकलाई प्रोत्साहन गर्न शीत भण्डार आवश्यक छ ।
उनले भने, “ शीत भण्डार निर्माण पछि कृषक आफैँले उत्पादित वस्तु भण्डारण र बिक्री गरी आयआर्जन गर्न सक्नेछन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार