पृथ्वीबहादुर शाहको समूहविरुद्ध मुद्दा दर्ता गरिँदै
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार २३:२:४७
६ माघ, काठमाडौं । लगनीको नाममा विदेशबाट शंकास्पद तरिकाबाट धमाधम पैसा ल्याउने काममा सक्रिय व्यवसायी पृथ्वीबहादुर शाहविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ । हालसम्म दुई अमेरिकी नागरिकले दिएकाे जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेर अनुसन्धान जारी राखेकाे छ ।
शाहले अमेरिकी नागरिक जुलिया होडेज रिकेटको अमेरिकी डलर ४६ लाख ४६ हजार ७३७ र नेपाली तीन करोड २२ लाख रुपैयाँ ठगी गरेको सीआईबीले जनाएको छ। कम्प्युटरमा राखिने एन्टिभाइरस सफ्टवेयरको नवीकरणका नाममा सम्पर्क गरेर रिकेटको खातामा पहुँच पुर्याई उक्त रकम रकमान्तरण गरेको सीआइबीको अनुसन्धानमा देखिएको छ। उनले हन्टिङ रिजर्भ अफ नेपाल नामक कम्पनी खोलेरै ठगी गरेको पाइएको छ ।
करिब ४५ करोड रुपैया शंकास्पद रुपमा नेपाल भित्र्याएका अछामका शाह र उनको समूह विरुद्ध तीनवटा आरोपमा एकसाथ अनुसन्धान अघि बढेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतले जनाएको छ ।
शाहसहित उनका समूहमाथि ‘प्रहरीले ठगी र संगठित अपराध गरेको आरोपमा अनुसन्धान गरेको थियो । शाहको समूहले सम्पत्ति आर्जन गरेको सम्पत्तिमाथि अपराधको रुपमा समेत अनुसन्धान गर्ने र पुष्टि भए ‘सम्पत्ति शुद्धीकरण’को अभियोगमा मुद्दा चलाउने कानूनी व्यवस्था छ ।
थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरोलाई दिइएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी ईकाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका निकायबाट प्रमाण संकलन भइरहेको ब्यूरोका दाबी छ ।
उनले नेपालमा विभिन्न कम्पनी खडा गरी अमेरिकाबाट पटकपटक ठूलो मात्रामा रकम भित्र्याएको पाइएपछि राष्ट्र बैंकले कम्पनीको बैंक खाता रोक लगाएको थियो । उक्त रोक लगाउने निर्णयविरुद्ध शाह सर्वोच्च गुहार्न पुगे । र, सर्वोच्चले खाता नरोक्न आदेश दियो । उनले रकम झिकेर बाँडे । शाहको बचाउमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा लागेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार