घुमुवा प्रहरी: आर्थिक प्रकरणमा मुछिएका एसपीदेखि डीआईजीसम्मको कारवाही प्रभावित हुने गरी कार्यविधि संशोधन
नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार १८:२:१७
८ माघ, काठमाडौं । नेपाल प्रहरीलाई घुमुवाहरु राख्ने अनुमति नभएपनि सूचना संकलनका लागि सादा पोशाकमा खटाउने गरी पुरानो कार्यविधिलाई व्यूताइएको छ । घुमुवा खटाउँदा खटाउनेको निर्देशनमा जानेले सम्बन्धित व्यक्ति र संस्थासँग हप्ता असुलेर हैरान बनाएको भन्दै उजुरी परेपछि घुमुवाका विषयमा अनुसन्धान सुरु भएको थियो । अनुसन्धानमा आर्थिक असुली गरेको भेटिएपछि अहिले प्रहरीका केही एसपीदेखि डीआईजीसम्म घुमुवा आर्थिक प्रकरणको कारवाही प्रक्रियामा छन् ।
तर उनीहरुको कारवाही प्रभावित हुने गरी कार्यविधि संशोधन भएको बुझिएको छ । अपराध अनुसन्धान लगायतका विभिन्न सूचना संकलनका लागि भन्दै प्रहरीले आफू मातहतका प्रहरी कर्मचारीलाई घुमुवाका रुपमा खटाउँदा विवाद आएपछि सादा पोशाकको नाममा खटाइने गरी कार्यविधिलाई व्यूताउन लागिएको हो । घुमुवा प्रहरीबारे १८ पुसमा भएको मन्त्रीस्तरीय निर्णयमा घुमुवा प्रहरीको संख्या, खटाइएका प्रहरीहरुकाे मापदण्ड हेर्ने भनिएको थियो । तर, प्रहरी प्रधान कार्यालयले घुमुवा प्रहरी नै नहुने बरु सूचना संकलनका लागि सादा पोशाकका प्रहरी विभिन्न युनिटबाट राखिने बताएको थियो ।
अपराध अनुसन्धान र नियन्त्रणका लागि गोप्य सूचना संकलन गर्ने उद्देश्यले प्रहरीका विभिन्न युनिटमा सादा पोशाकका प्रहरी (घुमुवा) परिचालन गरिँदै आएको थियो । लामो समयदेखि एउटै प्रहरीलाई सादा पोशाकमा खटाउँदा सूचना संकलनभन्दा बढी हप्ता असूलीमा सक्रिय भएको पाइएपछि उनीहरुलाई खटाउनेमाथि कारवाही सुरु गरिएको थियो । यसपछि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा सादा पोशाकका प्रहरी परिचालन सम्बन्धी मापदण्ड बनाउन अध्ययन कार्यदल बनाएका थिए ।
कार्यदलले हालै बुझाएको प्रतिवेदनमा पनि सादा पोशाकमा खटाइएका प्रहरीबाट गैरव्यवसायिक गतिविधि बढेको औंल्याइएको छ । त्यही अनुसार सादा पोशाकमा प्रहरी परिचालन गर्दा बढीमा चार वर्षसम्म मात्र राख्न सुझाइएको छ । प्रतिवेदनमा हालसम्म प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले आवश्यकता अनुसार आफैं सादा पोशाकमा प्रहरी परिचालन गर्दै आएका छन् । २०७० सालमा नै घुमुवा प्रहरी हटाउने अभियान चलाउने भनिएको थियो ।
पुरानाको कार्यविधि २०३५ सालमा प्रहरीको संख्या न्यून भएका बेला तत्कालीन आईजीपी दुर्लभकुमार थापाले सूचना संकलनलाई फराकिलो र प्रभावकारी बनाउन सादा पोशाकमा प्रहरी खटाउने नीति बनाएका थिए । अहिले त्यही कार्यविधि व्युताइएको बताइएको छ । घुमुवा प्रहरीसमेत भनिने सादा पोसाकका प्रहरीको गैरव्यावसायिक गतिविधिका कारण प्रहरी संगठनको बदनामी बढेपछि त्यसको नियमनका लागि कार्यविधि संशोधन मात्र होइन पुरानोलाई व्यूताएर निमयन गर्न लागिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई नेतृत्वको एक अध्ययन समितिले सो कार्यविधि संशोधन गरिसकेको छ ।
संशोधन गरिएको कार्यविधि महानिरीक्षक धीरजप्रताप सिंहले बुझिसकेका छन् । प्रतिवेदनका आधारमा सादा पोसाकमा प्रहरी परिचालनसम्बन्धी कार्यविधि संशोधन गरिएको हो । कार्यविधिविपरीत सादा पोसाकमा कसैलाई खटाउन नपाइने प्रावधान लागू गर्न लागिएको भएपनि त्यसलाई झन संस्थागत गर्न लागिएको छ । पछिल्लो पटक घुमुवा खटाएर आर्थिक अनियमिता गरेको आरोपमा डीआईजीदेखि एसपीसम्म कारवाहीमा परेका छन् । डीआईजीद्धय नलप्रसाद उपाध्याय र मसाउद आलम खाँलाई प्रहरी प्रधान कार्यालय तानेर सचेत गराइएको छ भने एसपी र डीएसपीहरु पनि कारवाहीमा परेका छन् । एसपी ऋषीराम शर्मा कँडेल पनि घुमुवा खटाएर आर्थिक अपचलन गरेकै कारण कारवाहीमा परेका हुन् ।
यसरी प्रहरीका उच्च अधिकारीहरु नै मुछिन थालेपछि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार वर्षको ट्रयाक रेकर्ड हेरेर असल चालचलन भएका कर्मचारीलाई मात्र सादा पोसाकमा खटाउनुपर्ने गरी कार्यविधि संशोधन गरेको छ । सादा पोसाकमा खटाउनुअघि माथिल्ला निकायबाट त्यसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न पनि भनिएको छ । जिल्ला प्रहरी कार्यालयले पहिला प्रदेश प्रहरी कार्यालयलाई त्यसबारे जानकारी गराएर स्वीकृति लिनुपर्ने हुन्छ । जुनुसुकै कार्यालयका प्रमुखले पनि आफूनिकटका प्रहरीलाई सादा पोसाकमा खटाउने गरेका कारण प्रहरी संगठन नै विवादमा परेको छ ।
पछिल्लो सादा पोशाकका प्रहरी कर्मचारी खटाएर आर्थिक अनियनितता गर्ने करिब पाँच सय प्रहरी कर्मचारीहरु कारवाहीमा परिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सादा पोशाकका प्रहरी खटाएर कारबाहीमा पर्ने एसपी ऋषिराम कँडेल, डीएसपी खर्ग नारायण शाह लगायत छन् । लागुऔषध मुद्दामा फसाइएको घटनामा एसपी कँडेललाई सचेत गराइएको छ । त्यस्तै स्याङजाको इप्रका चापाकोटमा कार्यरत रहँदा डीएसपी खर्गनारायण शाहले हप्ता असुली गरेको आधार देखिएपछि उनलाई नसियत दिइएको हो ।
इप्रका टीकापुरका इन्सपेक्टर अरुण बमले सादा पोशाकका प्रहरीबाट सुन बरामद गर्न लगाएको तर सुन नै लुकाएको विषयमा छानबिन भएको थियो । सुन बरामद गर्दा एक किलो सुन उनले लुकाएको आरोप लागेको छ । उनलाई पनि कारवाहीको दायरामा राखिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
त्यस्तै इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीले घुस खाएको पुष्टि भएपछि उनलाई तीन ग्रेड घटुवा गरिएको छ । उनले मुद्दा मिलाइदिने भन्दै चन्दनकुमार मिश्रसँग १ लाख ५० हजार रुपैयाँ मागेका थिए । त्यसमध्ये ३० हजार लिएको स्रोतको दावी छ । सर्लाहीको इप्रका केशरजंगका इन्सपेक्टर रोशन थापाले त लागुऔषधका अभियुक्त नै फेरेर अर्काे व्यक्तिलाई उपस्थित गराई आर्थिक चलखेल गरेका थिए । उनको तीन ग्रेड घटुवा भएको छ ।
यसअघि सर्लाहीमा रहेका हाल जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत इन्सपेक्टर भूपेन्द्र गिरी र पश्चिम नवलपरासीका इन्सपेक्टर धर्मराज खत्रीलाई पनि कारवाहीको सिफारिस भएको छ । सादा पोशाकका कर्मचारी खटाएर बरामद गरिएको सुन लुकाएको आरोपमा वरिष्ठ सई धर्मानन्द भट्ट, सुन तस्करीको घटनामा चलखेल गरेको आरोपमा वरिष्ठ सई टंक कार्की, वीरगञ्ज नाकामा तस्करी गरेको आरोपमा वरिष्ठ सई हिमाल भण्डारी कारबाहीमा परेका छन् ।
सिन्धुपाल्चोकमा अवैध उत्खननको धन्दामा मिलेमतोको आरोपमा वरिष्ठ सई लेखनाथ आचार्यमाथि समेत कारबाही भएको छ । वरिष्ठ सईहरु किरणमणि अधिकारी, ज्ञान बहादुर राना, जेजंग कार्की पनि घुमवाको रुपमा कारवाहीमा परेका छन् । यसैगरी सईहरु दौलत सिंह पूजारा, राज किशोर साह, शंकर खड्का, जनक तामाङ, सन्तोष बस्नेत, गोकर्ण चौहान, असईहरु भविन्द्रप्रसाद सुवेदी, भानुभक्त बजगाई, पदम भट्टराई, नवराज सापकोटा, आश्विन ढकाल, ठाकुर पनेरु, जितेन्द्र वली, राज मंगल महतो पनि घुमुवाको रुपमा कारवाहीमा परेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
मंसिर १९, २०८१ बुधबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
रवि लामिछानेको दोस्रो दिनको बयान सुरु
मंसिर १९, २०८१ बुधबार
घिसिङलाई पत्तै नदिई उर्जामन्त्रीले विद्युत प्राधिकरणमा खोले कार्यकक्ष, अन्योलमा कर्मचारी
मंसिर १९, २०८१ बुधबार
गहुँबालीको हरियाली दृश्य
मंसिर १९, २०८१ बुधबार