खराब कर्जाले टाट पल्टिदै हिमालयन बैंक, लोन लस प्रोभिजन ८६ प्रतिशत मात्रै
आर्थिक संवाददाता
फागुन १०, २०७९ बुधबार २२:२९:४१
१० फागुन, काठमाडाैं । फागुन १२ गते शुक्रबारदेखि सिभिल बैंकसँग बिग मर्ज गरी एकीकृत कारोवार शुरु गर्न लागेको हिमालयन बैंकलाई अत्याधिक खराब कर्जाले गर्दा समस्या परेको छ र बैंकको इकोसिस्टमलाई नै ध्वस्त पार्ने सम्भावना पनि देखिएको छ । बैंक आफैले केही समय अघि प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा उल्लेख भएका विवरणहरु केलाउँदा अधिकांश सूचकहरु नराम्रा देखिएका छन् ।
नेपाली बैंकिङ क्षेत्रमै खराब कर्जाको मामलामा हिमालयन बैंक अग्रस्थानमा आएको छ । २२ वाणिज्य बैंकको औसत खराब कर्जा २ दशमलव ३५ प्रतिशत रहेकोमा हिमालयन बैंकको खराब कर्जा ३ दशमलव ७७ प्रतिशत रहेको छ । बैंकहरुमा अधिक कर्जा खराब हुने बैंकमा हिमालयन बैंक दोश्रो स्थानमा रहेको छ ।
पहिले विदेशी लगानी भएको बैंकको हिसाबले हिमालयनलाई एभरेष्ट र नेपाल एसबीआई बैंकसँग दाँजेर हेरिन्थ्यो तर ती बैंकहरुले अनुशासनमा बस्दा खराब कर्जा १ प्रतिशत भन्दा कम राख्न सफल भएका छन् । खराब कर्जा आक्रामक रुपमा वृद्धि हुनुलाई बैंकको उच्च व्यवस्थापनको नियत ठीक नभएको रूपमा प्रस्ट बुझ्न सकिन्छ ।
त्यस्तै खराब कर्जाको लागि शतप्रतिशत प्रोभिजन नगरेको बैंक आफैले प्रकाशन गरेको तथ्यांकले देखाउँछ । बैंकको “लोन लस प्रोभिजन ” जम्मा ८६ प्रतिशत छ । एक वर्ष अघिसम्म बैंकको सो सूचक २५१ प्रतिशत थियो । शेयरधनीको कोणबाट हेर्दा लाभांश पनि घट्दो क्रममा रहेको छ । बैंकले ५ वर्ष अघि २० प्रतिशत भन्दा थोरै लाभांश वितरण गरेकोमा अहिले ५ वर्ष पछि फेरी लाभांश २० प्रतिशत तल आएको छ। लगानीकर्ताहरु यसबाट निराश छन् ।
त्यस्तै १४ अर्ब माथि चुक्ता पुँजी भएको बैंकको वितरणयोग्य मुनाफा जम्मा ८ करोड मात्र छ । यो वितरणयोग्य मुनाफा हेर्दा हिमालयन बैंकका शेयरधनीलाई हास्नु की रुनु भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जर प्रक्रिया चलिरहँदा आन्तरिक गुटबन्दीका कारण मर्जर भाडिन पुगेको थियो र अहिले बैंक सिभिल बैंकसँगको प्राप्ति प्रक्रियामा रहेको छ । त्यो बेला हिमालयन बैंकले विशेष साधारण सभामार्फत मर्जर प्रक्रियामा सहभागी नहुने निर्णय गरेको थियो ।
हिमालयन बैंकको संचालक समितिको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ छन् भने अन्य संचालकमा हविब बैंक लिमिटेडबाट फैजल एन ललानी, सुनिलबहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ तथा व्यावसायिक विशेषज्ञको रुपमा स्वतन्त्र संचालकमा राधा कृष्ण पोते कार्यरत छन् ।
बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा कार्यरत छन् । बैंकमा सबैभन्दा ठूलो लगानी हबिब बैंकको रहेको छ । बैंकमा पाकिस्तानको हबिब बैंकको सर्वाधिक २० प्रतिशत शेयर स्वामित्व रहेको छ भने दोश्रोमा कर्मचारी संचय कोषको १४ दशमलव ८७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
आर्थिक वर्ष ७९/८० को दोश्रो त्रैमासको वित्तीय प्रतिवेदनको विश्लेषण :
खुद मुनाफा अर्ब मुनी :
हिमालयन बैंकले ६ महिनाको अवधिमा १ अर्ब पनि मुनाफा गर्न सकेन । बैंकले ६ महिनामा जम्मा ९५ करोड मुनाफा कमाएको छ । यो मुनाफा अन्य बैंकलाई दाँजेर हेर्दा निकै कम हो । २२ वाणिज्य बैंक मध्ये ५ वाणिज्य बैंकको मुनाफा १ अर्ब मुनी छ । तर धेरै पछि आएका कान्छा वाणिज्य बैंकहरु पनि ६ महिनामै अर्बपति क्लबमा पुगेका छन् ।
बैंकको प्रतिशेयर आम्दानी लाजमर्दो छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी जम्मा १३ रुपैयाँ छ जसबाट बैंकले पुँजी अनुसार खासै केही गर्न नसकेको प्रस्ट हुन्छ ।
खराब कर्जाले टाट पल्टिदै बैंक :
बैंक डुब्नुको पहिलो कारण र सबैभन्दा महत्वपूर्ण कारण भनेको खराब कर्जा हो । २२ वाणिज्य बैंकको औसत खराब कर्जा २ दशमलव ३५ प्रतिशत रहेकोमा हिमालयन बैंकको खराब कर्जा ३ दशमलव ७७ प्रतिशत रहेको छ । अत्याधिक कर्जा खराब हुने बैंकमा हिमालयन बैंक दोश्रो स्थानमा रहेको छ । त्यस्तै खराब कर्जाको लागि बैंकले शतप्रतिशत प्रोभिजन नगरेको बैंकले प्रकाशन गरेको तथ्यांकले देखाउँछ। बैंकको “लोन लस प्रभिजन” जम्मा ८६ प्रतिशत छ । एक वर्ष अघिसम्म बैंकको “लोन लस प्रभिजन” २५१ प्रतिशत थियो ।
निक्षेप-कर्जा प्रवाह निकै सुस्त :
बैंककाे निक्षेप संकलन र कर्जा प्रवाह असार मसान्तको तुलनामा निकै सुस्त देखिएको छ । निक्षेप संकलन ४ दशमलव ६५ प्रतिशत वृद्धि हुँदै १ खर्ब ७६ अर्ब पुगेको छ भने कर्जा प्रवाह पनि ४ दशमलव २४ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ५३ अर्ब पुगेको छ । यसरी बैंक व्यवसाय वृद्धिमा खासै चुस्त देखिएको छैन ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ११, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठकबाट आज नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार