एमालेको चंगुलबाट माओवादीलाई फूत्काउने एस पार्टीको कोशिस
कुसुम सेञ्चुरी
माघ २२, २०७९ आइतबार १७:५८:१५
२२ माघ, काठमाडौं । नेकपा एस पार्टीले माओवादी केन्द्रलाई एमालेको चंगुलबाट बाहिर राख्ने कोशिसमा लागेको छ । जारी केन्द्रीय कमिटीको बैठकमा एस पार्टीका नेताहरुले एमालेलाई सत्ताबाहिर राख्ने र त्यसका लागि माओवादीलाई एमालेको गठबन्धनबाट बाहिर ल्याउनु पर्ने धारणा राखिएको छ । नेकपा एसको केन्द्रीय कमिटीको बैठकमा केही नेताहरुले एमालेलाई ‘साईज’मा राख्नकै लागि पनि माओवादीसँगको सहकार्य टुटाउन आवश्यक रहेको धारणा आएको एक केन्द्रीय सदस्यले बताएका छन् ।
सात दलीय सत्ता गठबन्धनमा समस्या बढ्दै गइरहेका बेला नेकपा एसका नेताहरुले त्यस्तो प्रयास गरेका हुन् । एमालेबाट बाहिरिएर एसमा प्रवेश गरेका घनश्याम भूसाललाई यही बैठकबाट महासचिव बनाउने तयारी भएको छ । उनको प्रवेशसँगै एमाले र माओवादीबीचको दुरीलाई बढाउने र त्यसका लागि एसका अन्य नेताहरु समेत सहभागी भएका थिए । माधव नेपालले पेश गरेको प्रतिवेदमा पनि एमालेलाई राष्ट्रपति दिन नहुने संकेत गरेका छन् । यो गठबन्धनबाट संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा हुन नसक्ने ठहर गर्दै सो संकेत गरेका हुन् ।
राष्ट्रपतिको निर्वाचनकै विषयलाई लिएर विहिबारदेखि एसले माओवादीसँग संवाद गरेको थियो । राष्ट्रपतिको निर्वाचनमा एमालेलाई माओवादीले धोका दिएमा एमाले सरकारबाट बाहिर रहन्छ भन्ने अनुमानका साथ एसले माओवादीसँग संवाद शुरु गरेको हो । विहिबार बैठक चलिरहेको बेला एस पार्टीका उपमहासचिव विजय पौडेल बैठकस्थल पेरिस डाँडामा पुगेका थिए । उनले विहिबार माओवालीका उपाध्यक्ष लगायतका जिम्मेवार नेताहरुसँग छलफल गरेका थिए ।
पौडेलपछि शुक्रबार बिहान घनश्याम भूसालले आफै वालुवाटार पुगेर माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए । कुराकानीको क्रममा पनि एमालेलाई राष्ट्रपति दिन नहुने पक्षमा वकालत गरिएको थियो । त्यसमा प्रचण्ड मौन रहेको स्रोतको दावी छ । प्रचण्डका सचिवालय र परिवारका सदस्यहरु पनि एमालेलाई राष्ट्रपति दिन नहुने पक्षमा उभिएका छन् । अहिलेको केन्द्रीय कमिटीका सदस्यहरुबीच पनि सोही विषयमा छलफल चलिरहेको छ ।
एस पार्टीको केन्द्रीय कमिटीको बैठक बस्नुअघि शुक्रबार दिउसो उपप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग संवाद गरेका थिए । उनले शुक्रबार अपरान्ह समाजवादीको आलोकनगरस्थित कार्यालयमा पुगेर श्रेष्ठले अध्यक्ष नेपालसँग संवाद गरेका भएपनि पार्टी एकताको विषयमा भन्दा पनि राष्ट्रपतिकै विषयमा छलफल गरेको स्रोतको दावी छ ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेमा एस पार्टीलाई सत्तामा कसरी सहभागी गराउने भन्ने बारेमा छलफल भएको थियो । त्यसक्रममा पार्टी एकताको विषयमा पनि छलफल भएको नेकपा एस स्रोतले जनाएको छ । खासगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री प्रचण्डले एसका नेताहरुसँग कुराकानी उपप्रधानमन्त्रीलाई खटाएका छन् ।
रास्वपा सरकारबाट बाहिरिए सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मनाएर भए पनि समाजवादीलाई सरकारमा ल्याउने रणनीति प्रचण्डले बनाएका भएपनि एस पार्टीका अध्यक्षले एमाले सरकारमा रहेसम्म सरकारमा सहभागी नहुने बताएका छन् । एस पार्टीको केन्द्रीय कमिटी बैठकमा एमाले साथै रहेको अवस्थामा सरकारमा जान नहुने धारणा आएको स्रोतको दावी छ । ‘एमालेलाई सरकारबाहिर ल्याएपछि मात्रै एस सरकारमा जाने हो ’, एस पार्टीका एक पदाधिकारीले भने ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार