बस चालकलाई कारबाहीकाे माग गर्दा वीरेन्द्रगरमा झडप, प्रदर्शनकारीमाथि ४ राउण्ड अश्रुग्यास प्रहार
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २१:१४:२३
१ फागुन, सुर्खेत । आइतबार बिहान सडकमा जेब्राक्रसमा बाटो काटिरहेकी नदी रावतको बसको ठक्करबाट मृत्युको विषयमा भएको प्रदर्शनका क्रममा सोमबार दिउँसो वीरेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा एक प्रहरी घाइते भएका छन् ।
बसका चालकलाई पक्राउ गरी कारबाही गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै आइतबारदेखि आफन्त रस्थानीयले आइतबारदेखि गरेको प्रदर्शन सोमबार दिउँसो झनै चर्किएको छ ।
प्रदर्शनकारीहरुले माग पूरा नभएसम्म कुनैपनि सवारीसाधन चल्न नदिने अडान राख्दै प्रदर्शन जारी राखेका बेला सोमबार भने यातायात व्यवसायी प्रदर्शनकारीविरुद्ध जाइलागेपछि दुई पक्षबीच भीडन्त भएको थियो । सो क्रममा पत्रकार बलबहादुर थापा गम्भीर घाइते भएका छन् उनको उपचार माया अस्पतालमा भइरहेको छ ।
स्थितिलाई साम्य पार्न तैनाथ प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा एक प्रहरी गम्भीर घाइते भएका छन् । त्यसपछि प्रहरीले प्रदर्शनकारमिाथि ४ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
दुवै पक्षबीच झडप हुन नदिन वार्ताको प्रयास भइरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले बताए । बजारक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको उनले बताए ।
प्रदर्शनकारीहरुले भने प्रहरीले यातायात व्यवसायीहरुको पक्ष लिएर आफूहरुमाथि दमन गरेको आरोप लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार