गेटामा विश्वविद्यालय हैन, कलेज चलाएर देखाउन डा. केसीको चुनौती
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २२:२०:५२
१ फागुन, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले गेटामा मेडिकल कलेजमा विश्वविद्यालय चलाउने आवश्वसन दिएर कदेज संचालनलाई अलमल्याउन खोजेको बताएका छन् ।
सोमबार उनले विज्ञप्ति जारी गरेर गेटामा विश्वविद्यालयको हल्लाले मेडिकल कलेज सञ्चालनको कामलाई पछाडि धेकेल्न खोजेको बताएका हुन् । सरकारले हचुवाको भरमा गेटामा विश्वविद्यालयको हल्ला चलाएर कलेज चलाउने काम समेत ढिला गर्ने योजना रचेको उनको बुझाइ छ ।
उनले गेटामा विश्वविद्यालय नभई मेडिकल कलेज संचालन गरेर देखाउन सरकारलाई चुनौति दिएका छन् ।
‘‘हचुवाका भरमा त्यस्ता निर्णय गर्दै जाने र सरकारैपिच्छे नीति फेर्दै जाने हो भने गेटामा मेडिकल कलेज सञ्चालनको काम अनावश्यक रुपमा ढिला हुने निश्चित छ’ उनले विज्ञप्तिमा भनेका छन् । उनले स्रोतको जोहो नै नगरी हचुवामा सरकारले विश्वविद्यालय चलाउने हल्ला चलाउनुले कुन गुणस्तरको शिक्षा दिन खोजिएको भन्दै प्रश्न गरेका छन् ।
‘‘‘प्रक्रियामा छलछाम गरी तथा स्रोतको जोहो नै नगरी विश्वविद्यालयजस्तो ठूलो संरचना बनाउने निर्णय गर्नाले कहिले र कुन गुणस्तरको शिक्षा सम्भव छ भन्ने अर्को प्रश्न उठाउँछ’ उनले भनेका छन् ।
सरकारको निर्णयले तत्काल रेफरल अस्पतालसहितको विशेषज्ञ सेवा संचालन र एमबीबीएसको पठनपाठनको पर्खाइमा रहेका सुदूरपश्चिमका नागरिकको आशामाथि तुषारापात गरेको उनको आरोप छ । केसीले विगतमा आफूसँग भएको सहमति अनुसार गेटामा मेडिकल कलेज सञ्चालनको काम तत्काल अघि बढाउन आग्रह गरेका छन् ।
साथै पूर्वसहमतिअनुसार सबै प्रदेशमा कम्तीमा एकसहित हामीसित सहमति भए बमोजिम मेडिकल कलेज निर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सहमति कार्यान्वयन नभए पुनः संघर्षमा होमिने बताएका छन् ।
उनले बाँकेकी एकल महिला निर्मला कुर्मीको न्यायका लागि झण्डै डेढ महिनादेखि आन्दोलनरत अभियन्ताहरुको माग तत्काल सुनुवाइ गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।
सरकारले आइतबार मात्र गेटामा सहिद दशरथ चन्द विश्वविद्यालय संचालन गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्टै सोमबार प्रधानमन्त्री प्रचण्ड कैलालीकाे धनगढी पुगेर गेटाको भौतिक संरचनाको अवलोकन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार