काठमाडौं उपत्यकामा यातायात मजदुरको आन्दोलन स्थगित, अब सवारी साधन निर्बाध रूपमा चल्ने
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार १७:१८:११
२ फागुन, काठमाडौं । आन्दोलित यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आजदेखि सुरु गरेको अनिश्चितकालीन सार्वजनिक यातायात बन्द फिर्ता लिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्द कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठका प्रेस विज्ञ कमल गिरीले जानकारी दिए ।
वार्तामा सहभागी एक सदस्यका अनुसार यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने, ट्राफिकले गर्दै आइहरेको जरिवानालाई संशोधन गरेर घटाउने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।
सोही आन्दोलनको क्रममा बालाजु माछापोखरी क्षेत्रमा प्रहरी भ्यानमाथि आगजनी र तोडफोडका घटना भएका थिए । बेलुकीपख एक हुल ल्होत्से मलमा प्रवेश गरी पसलहरु तोडफोड समेत गरेको थियो ।
बन्दका कारण बिहानैदेदि उपत्यकाका ३ वटै जिल्लामा सार्वजनिक यातायात चलेनन् । नचलेपछि सर्वसाधारण यात्रु पैदल यात्रामा भीड देखिन्थे । सहमति भएसँगै केही समयपछि नै यातायात संचालन गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार