यातायात मजदुर आन्दोलनः बालाजु प्रहरी वृत्तका प्रमुख विष्ट हटाइए
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार १८:११:१९
२ फागुन, काठमाडौं । सोमबार बालाजु क्षेत्रमा यातायात मजदुर आन्दोनलाई लिएर प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई हटाइएको छ ।
डिएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । उनलाई आन्दोलनका क्रममा आवश्यक सतर्कता अपनाउन र परिस्थितिलाई नियन्त्रणमा लिन नसकेको आरोप लगाइएको छ । विष्टको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।
सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा स्कार्पियो पिकअप भ्यान जलाएका थिए । सो बेला सुरक्षा मजबुत बनाउन नसकेको भन्दै विष्टलाई जिम्मेवारीबाट हटाइएको हो ।
प्रदर्शनमा भएको झडपमा डीएसपी विष्ट चढ्ने बा२ झ १४४ नम्बरको स्कोर्पियो आन्दोलित यातायात मजदुरले जलाएका थिए । प्रहरी वृत्त बालाजुको बा१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएर ध्वस्त पारेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार