प्रहरीकाे गाडी आगजनी र माेवाइल लुटपाटमा संलग्न थप १५ जना प्रहरीकाे नियन्त्रणमा
नेपालबहस संवाददाता
फागुन ४, २०७९ बिहिबार १९:३२:५१
४ फागुन, काठमाडौं । बालाजुको माछा पोखरीमा सोबार यातायात मजदुरले १० बुँदे माग राखेर गरेको प्रदर्शनमा केही समूहले मच्चाएको प्रहरीको गाडीमा आगजनी र ल्होत्से मलमा रहेका पसलमा भएको मोवाइल लुटपाट घटनालाई लिएर प्रहरीले थप १५ जनालाई पक्राउ गरेको छ ।
सिसिटिभी फुटेज र भिडियोमा देखिएकामध्ये १५ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले जानकारी दिए ।
पक्राउ पर्नेमा काभ्रे घर भएका सुरज मगर, उदयपुरका रितेश बस्नेत र मोरङ बेलबारी घर भएका यमन राई छन् । उनीहरू ल्होत्से मलबाट मोबाइल चोर्दै गरेको भिडियोमा देखिएका हुन् ।
आगजनी र तोडफोडमा संलग्नहरु नुवाकोट घर भएका सुनिल कालिकोटे, माछा पोखरी घर भएका रोमन नगरकोटी, नुवाकोट घर भएका सुदिप तामाङ, माछा पोखरीमा व्यापार गर्ने माधव शाही, नुवाकोट घर भएका १९ वर्षीय केशव राई र सिन्धुली घर भएका इन्द्र तामाङ छन् ।
धादिङ घर भएर तार्केश्वर बस्ने चालक ईलाराज गुरुङ, उदयपुर घर भएका (सह–चालक) राजन राउत, काभ्रे घर भएका चालक हरिशरण तामाङ, धादिङ घर भएका सहचालक विकास गुरुङ, चितवन घर भएका चालक संविधान परियार र सामाखुसी घर भएर होटेलमा वेटर काम गर्ने कविन खड्गीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई काठमाडाैंकाे विभिन्न स्थानबाट पक्राउ गरिएकाे हाे । उनीहरूलाइ प्रहरीले बिहीबार सार्वजिनक गरेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार