सत्ता गठबन्धन ५ वर्ष टिक्ने मन्त्री पौडेलको दाबी
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार २३:३२:१७
५ फागुन, धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको अहिलेको सत्ता गठबन्धन ५ वर्ष टिक्ने दाबी गरेका छन् । उनले अहिलेको गठबन्धन काँचो धागोमा अडिएको अवस्था नभएको जिकिर गरे ।
नेकपा एमालेले मिसन ग्रासरुट अभियान अन्तरगत शुक्रबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सकेपछि निस्कने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपालमा बढी नै हल्ला चल्ने गरिएको र त्यसलाई आधार बनाएर समाचार आउनु सही हुने बताए ।
‘नेपाली राजनीतिमा हल्ला एकातिर चल्ने, घटनाक्रम अर्कोतिरबाट जाने कुरा सबैलाई थाहा भएकै कुरा हो’ पौडेलले भने, ‘सरकारमा सहभागी रहेका दलहरुको सहायात्रामै राष्ट्रपति उपराष्ट्रपति चयन हुन्छ ।’
उनले राष्ट्रका साझा विषयमा दलहरुबीच सहकार्य भइरहने उनको भनाइ थियो । साझा विषयमा दलहरू एक ठाउँमा उभिन मुख्य अभिभारा रहेकाे उनले बताए ।
यही फागुन २५ मा हुन गइरहेको नयाँ राष्ट्रपतिको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सत्ता गठबन्धनका मुख्य दल एमाले र माओवादी केन्द्रबीच तिक्तता बढिरहेको छ ।
एमालेले पूर्वसहमति अनुसार आफूले उठाएको उम्मेदवारलाई सघाउन माओवादी केन्द्रसँग बाम्बार आग्रह गर्दै आइरहेको छ । तर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमति जुट्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्नेमा अडान लिँदै आइरहेका छन् ।
दुई मुख्य दलबीच उम्मेदवारबारे मत भिन्नता देखिएपछि गठबन्धन फुट्ने अडकलबाजी सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार