द्वन्द्वकालमा १३ वर्षकी उमेरमा जेल हाल्नेविरुद्ध अदालत जाने तयारीमा राधिका
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार १८:१९:४१
८ फागुन, सुर्खेत । भेरी नगरपालिका ६ की राधिका चन्दलाई समय समयमा अहिले झस्किने गर्छिन् । सुतिरहेको अवस्थामा एक्कासि ब्यूँझिने, कराउने गर्दै आएकी छिन् । उनी निन्द्रमा समेत बर्बराउने गरेको उनका श्रीमान युद्धवीर सिंहले बताए ।
चन्दलाई कुनै रोग लागेर नभई द्वन्द्वकालमा पाएका यातनाका कारण अहिले पनि बसिनसक्नु छ । तत्कालीन राज्य पक्षद्वारा २०५७ मा सुर्खेतको घुमखरे गाविस-९ भेराबारीबाट उनलाई पक्राउ गरी ८ वर्ष बढी लामो समय हिरासत र जेलमा राखेपछि सो घटनाले गर्दा राधिकालाई अहिले पनि समय समयमा झस्काउने गर्दछ ।
१३ वर्ष बालिकालाई माओवादीको आरोपमा पक्राउ गरी ८ वर्षसम्म जेल जीवन बिताउने बाध्य भएपनि बाल मस्तिष्क परेको त्यो असरले अहिले समस्या हुँदै आएको छ ।
अदालतको आदेशपछि राधिका खुला आकाशमा आएर अहिले दैनिक रुपमा जीवनयापन गरिरहेको भएपनि द्वन्द्वकालमा पाएको दु:ख, यातनाले गर्दा मानसिक रुपमा विक्षिप्त हुँदै आएको छ । यातना र कठाेर जेलकाे बसाइका कारण उनकाे मानसिक सन्तुलनमा असर परेकाे बताइन्छ । ८ वर्ष २ महिना ५ दिनसम्म बन्दी भएर कारागार र हिरासतमा पाएको यातनासँगै पीडाले अहिले पनि झस्काइरहेको उनको भनाई छ ।
आठ वर्ष सम्मा बालिका भएको समयमा पनि राज्यले दिएको यातनाविरुद्ध राधिका अब अदालत जाने तयारीमा रहेकाे बताएकी छिन् । जाहेरीवालाको माग दाबीलाई अदालतले खारेजी गरिसकेको आधिकारिक प्रमाण रहेको भन्दै राधिकाले बिनाकसुर आफूलाई ८ बर्ष जेल जीवन बिताउन बाध्य पार्ने राज्यविरुद्ध क्षतिपूर्तिका लागि अदालतमा मुद्दा दायर गर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार