बालाजु घटनामा २ जना डीएसपीमाथि कारबाहीकाे सिफारिस
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार २३:३४:२६
८ फागुन, काठमाडौं। बालाजुको माछापोखरी क्षेत्रमा यही फागुन १ गते प्रहरी र आन्दोलनकारी यातायात मजदुरहरू बिचमा भएको झडपबारे छानबिन गर्न डिआईजी मसाउद आलम खाँ नेतृत्वमा गठित समितिले प्रतिवेदन बुझाएको छ ।
समितिले पाएकाे समयसीमा ७ दिनमा अध्ययन र छानबिनकाे काम सकेर उपत्यका प्रहरी कार्यालयका एआईजी दिवेस लोहनीलाई प्रतिवेदन बुझाएको हो ।
झडपका क्रममा आन्दोलनकारीले प्रहरीको बालाजु वृत्तका दुई वडा गाडीमा आगजनी गरेर ध्वस्त पारेका थिए । त्यसपछि गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हापलरहेका प्रधानमन्त्री प्रचण्डले निर्देशनअनुसार समिति गठन गरिएको थियो । प्रतिवेदनमा प्रहरी वृत्त बालाजुमा कार्यरत डिएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
आगजनीबाट प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको निलो रंगको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा १ झ ७२२४ नम्बरको माज्दा गाडी नष्ट भएका थिए ।
घठना लगत्तै डिएसपी विष्ट बालाजुबाट हटाएर रानीपोखरीमा तानएिको छ । आन्दोलनका बेला घटनास्थल खटिएका दुवै जजना डीएसपीले कर्तव्य पालना नगरेको निष्कर्षसहित ‘प्रहरी नियमावली अनुसार कारबाही गर्न सिफारिस गरिएको हाे ।
प्रदर्शन चर्किएपछि डिएसपी विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको र डिएसपी बम पनि घटनास्थलबाट हिँडेको पाइएको छानबिन समितिको निष्कर्ष छ ।
प्रदर्शनकारीले सोही दिन नयाँ बसपार्क क्षेत्रमा संचािलत ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपरमार्केट प्रालिबाट मोबाइल लुटपाट गरेका थिए ।
लुटपाटबाट करिब १० करोड रुपैयाँको क्षति पुगेको उनीहरुको दाबी छ । सुरक्षा व्यवस्था कमजोर भएकै कारण लुटपाट मच्चिएको भन्दै उनीहरुले क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेका छन् । आगजनी र लुटपाट घटनामा संलग्नता रहेको आरोपमा प्रहरीले हालसम्म ४६ जनालाई पक्राउ गरिसकेकोा जनाएको छ ।
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले लागु गरेको चर्को जरिवाना र पार्किङमा गरिएको कडाइको विरोधमा त्यसदिन यातायात मजदुर र व्यवसायीहरुले आन्दोलनरत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार