जीर्ण भवनमा स्वास्थ्य चाैकी, औषधि अभावले सेवा झनै प्रभावित
नेपालबहस संवाददाता
फागुन ९, २०७९ मंगलबार २०:४४:५५
९ फागुन, मुगु । जिल्लाको मुगुमकार्मारोङ्ग गाउपालिका–८ स्थित मांग्री स्वास्थ्य चौकीले जीर्ण भवनबाट आफ्नो सेवा दिइरहेको छ । जीर्ण भवनमा बसेर बिरामीलाई सेवा दिन स्वास्थ्यकर्मीलाई समस्या भएको छ । भूइँ तले भवनभित्रका भौतिक संरचना, पर्खाल, भुईंमा हालिएका काठहरु पनि कुहिएका र केही उप्किएका छन् ।
भवन बाहिरतिरका पर्खाल, झ्यालहरु भत्किनुका साथै प्वाल परेका छन् । पानी पर्दा छतबाट पानी चुहिँदा र सर्प जस्ता विषालु जीवहरु भित्र छिर्दा उपचारमा समस्या उत्पन्न हुने स्टाफ नर्स तारा विकले बताइन् । नाजुक अवस्था रहेको स्वास्थ्य चौकीको भवनको पुनर्निमाण गर्न उनले आग्रह गरिन् ।
भवन बाहिरका पर्खाल, झ्याल भत्किनुका साथै प्वाल परेका छन् । पानी पर्दा छतबाट पानी चुहिँने र सर्प जस्ता विषालु जीवहरु भित्र छिर्ने हुँदा उपचारमा थप समस्या ।मुगुमकार्मारोङ्ग गाउँपालिकाको सबैभन्दा पुरानो र जनसंख्या बढी भएकाले सेवा लिनेको संख्या धेरै हुने भएपनि भवनको हालत भने नाजुक रहेको उनको गुनासो छ । जीर्ण भवनमात्र होइन औषधि पनि अभाव रहेको स्टाफ नर्स तारा विकले जानकारी दिइन् ।
मुगुमकार्मारोङ्ग गाउँपालिका अनुसार साविकका पाँचवटा स्वास्थ्य चौकी छन् । त्योसँगै पालिकामा आधारभूत स्वास्थ्य संस्थाहरु मह, चिमाथ र छायल गरी सबै वडाहरुमा स्वास्थ्य संस्था पुगेका छन् । बजेट अभावले जीर्ण रहेका स्वास्थ्य चौकीको भवन पुनर्निर्माण गर्न र नयाँ बनाउन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले बताए । बिजुली साेलारबाट बालिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार