राष्ट्रपतिमा नेपालको ‘इन्ट्री’ : उत्साही कांग्रेस सशंकित, निराश एमाले सक्रिय
कुसुम सेञ्चुरी
फागुन ९, २०७९ बुधबार ०:५९:२०
९ फागुन, काठमाडौं । नेपाली एउटा उखान छ “नखाउ भने दिनभरीको शिकार खाउ भने कान्छा बाउको अनुहार” । यो उखान यतिबेला नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सुहाउँदो भएको छ । पाँच दलीय गठबन्धन बनाएर चुनावमा होमिएका नेपाली कांग्रेससहितका पाँच दलको चंगुलबाट खोसेर आफ्नो क्याम्पमा ल्याई प्रधानमन्त्री बनाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुष १० मा भएको सहमति तोडने संकेत गरेपछि एमाले अध्यक्ष ओलीले धोका महशुस गरेका छन् ।
आगामी राष्ट्रपति एमालेको भागमा पर्ने गरी प्रचण्डलाई प्रधानमन्त्रीको पदमा विराजमान गराएका ओलीले अन्तिम अवस्थामा आएर राष्ट्रपति नपाउने भएपछि उनी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाएरै भएपनि पाँच दलीय गठबन्धन व्यूतिन नदिने तयारीमा सक्रिय भएका छन् ।
माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने धारणा बनाउँदै गर्दा एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेपछि नेपाली राजनीति थप तरंगित हुन पुगेको छ । ओलीको यो प्रस्तावले नजिकिदै गरेको राष्ट्रपति निर्वाचनमा उत्साही कांग्रेस सशंकित हुन पुगेको छ भने एमाले थप सक्रिय भएको छ ।
राष्ट्रपति निर्वाचन मनोनयनको मिति नजिकिदै गर्दा भावी राष्ट्रपतिमा माधव नेपालको नाम एकाएक ‘इन्ट्री’ हुँदा राजनीति र शीर्ष नेता थप तरंगित बनेका छन् । माओवादीले सोमबार मात्रै राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने निर्णय गरिसकेको छ । यसबाट उत्साही कांग्रेस नेता नेपालको चर्चाले सशंकित बनेको छ भने निराश हुँदै गएका एमाले नेताहरू नेपाललाई सहमतिमा ल्याउन सक्रिय बनेका छन् ।
हुन त जति पटक ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भए, त्यति पटक प्रचण्ड ओलीले भनेको राष्ट्रपति ल्याउन सहमत नभएपछि एमाले निराश हुँदै थप सक्रिय भएको हो । प्रचण्ड प्रधानमन्त्री बनेपछि यी दुई नेताबीच करिब २ दर्जन पटक भएका घनीभूत छलफलमा एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई माओवादीले सघाउने प्रतिबद्धता नपाएपछि ओली पछिल्लो रणनीतिमा पुगेको आंकलन गर्न सकिन्छ । यो रणनीति अनुसार ओलीले लामो समयदेखि भेटघाट नगरेका एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई सोमबार वान टु वान भेटन तयार भए । अनि आफै खबर गरेर भेट्न अनुरोध गरेर राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
ओलीसँग लामो वार्ता गरेका नेपालले आजै मात्र दाङमा पत्रकारहरुसँग कुराकानी गर्दै बाहिर आएको हल्ला हल्ला मात्रै भएको बताएका छन् । तर यसपटक ’पावर सेयरिङ’मा आफ्नो भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले सधैं अरूका लागि बलिदान हुने स्थिति नहुने बताएर राष्ट्रपतिका लागि आफू तयार भएको सन्देश प्रवाह गरेका छन् । राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उनले बताए । बाहिर आएका सबै समाचारहरु सही हुन्छन् भन्ने छैन । अहिले नै हतार नगरी पर्दाभित्र रहन दिनु राम्रो हुन्छ,’ पत्रकारहरुसँगको कुराकानीमा उनले भने ।
अध्यक्ष ओलीले पार्टी एकतासहित नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन गरेको प्रस्तावप्रति एकीकृत समाजवादी पार्टीकै नेताहरु भने विश्वस्त हुन सकेका छैनन् । जालझेल राजनीतिमा खप्पिस ओलीको नेपाललाई राष्ट्रपतिमा अघि सार्ने प्रस्ताव नै गोलमटोल किसिमको छ । विश्वास गरिहाल्न सक्ने अवस्था समाजवादीलाई पटक्कै छैन । यो किसिमको प्रस्तावले के देखाउँछ भने, समाजवादी पार्टी देखाएर माओवादी र कांग्रेसलाई साइजमा ल्याउने योजनासहितको तयारीमा छन् ओली ।
राष्ट्रपति निर्वाचनको मिति जति नजिकिदै छ, त्यति नै यो विषय थप पेचिलो बन्दै आएको छ । माओवादीले राष्ट्रिय सहमतिको कुरा गर्दैगर्दा एमाले अध्यक्ष ओलीलाई त्यो कुरा मन नपरेपछि नेपालतिर लागेका हुन । यसले के बुझ्न सकिन्छ भने, ओली नेकपा एकीकृत समाजवादीसँग समेत एकीकरण गर्ने, रास्वपा विभाजन गर्ने र सबैभन्दा ठुलो दल बन्ने योजनाअनुसार राष्ट्रपतिमा नेता नेपाललाई अघि सार्न लागेका छन् ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको राष्ट्रपति हुने भन्दै कांग्रेसलाई समर्थन गर्ने कुरामा उत्साहित बनेको नेपाली कांग्रेस अहिले निराशमा बदलिएपनि कांग्रेसकै उम्मेदवार राष्ट्रपति हुने कुरामा दुईमत छैन । कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउँदै छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसले पौडेललाई उम्मेदवारका रुपमा अगाडि बढाउन लागेको हो । यद्दपि कन्र्फम भएमा शेरबहादुर देउवा आफै राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना पनि छ ।
यता ओलीले फैलाएको हल्लाको भरमा कांग्रेसले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि नसार्ने बताउँदै आएको छ । कांग्रेसले रामचन्द्र पौडेललाई नै अगाडि सार्ने बताउँदै आएको छ । कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने औपचारिक निर्णय गरिसकेको छ । राष्ट्रपतिको उम्मेदवारबारे मात्र निर्णय हुन बाँकी हो । पौडेल उम्मेदवार हुने पछिल्लो जानकारी अनुसार ९९ प्रतिशत सम्भावना छ ।
एकातिर ओलीले छरेको भ्रमको वास्तविकता बुझन् र राष्ट्रपति निर्वाचन बारे छलफल गर्न आज कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता हुँदैछ । स्रोतका अनुसार भेट कहाँ र कति बजे हुने कुनै टुंगो लागेको छैन । २५ गते हुने राष्ट्रपति चुनावका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार