मङ्गला इन्द्रेणी उद्यान बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने थलो
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार १९:३२:१०
१२ फागुन, बेनी । समथर फाँटमा रहेको बाबियाचौर बजारको पुछारबाट बगेको म्याग्दी नदीको किनारमा हिजोआज बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउन थालेका छन् । बढ्दो शहरीकरणले भरिदै गएको बाबियाचौरस्थित म्याग्दी नदीको किनारमा उद्यान निर्माण भएपछि फुर्सदको समय उपयोग गर्दै मनोरञ्जन लिन जानेको भीड लाग्न थालेको हो ।
मङ्गला गाउँपालिका–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिकाले विभिन्न क्षेत्रबाट रकम सङ्कलन गरी रु एक करोडभन्दा बढीको लगानीमा ‘मङ्गला इन्द्रेणी उद्यान’ निर्माण गरिएको हो । उद्यान निर्माण भएपछि यहाँ घुम्न जानेको भीड लाग्न लाग्न थालेको छ ।
बजारीकरणले साँघुरिँदै गएको यसक्षेत्रमा बालबच्चा खेल्ने ठाउँसमेत नभएको अवस्थामा उद्यान सञ्चालन गरिएपछि बालबालिकालाई मनोरञ्जन गर्न सहज भएको छ । स्थानीय मङ्गला माविका शिक्षकसमेत रहेका स्थानीयवासी केशव कँडेलले उद्यानमा बालबालिकाका लागि खेल्ने सामग्रीका कारण उनीहरुको मनोरञ्जनमा राहत पुगेको बताए । “बालबालिकाका लागि खेलकुद र मनोरञ्जन जरुरी कुरा हो, यहाँका विद्यालय र बजारमा त्यो सुविधा उपलब्ध थिएन, बाल उद्यानले यहाँका बालबालिकामा ठूलो उत्साह ल्याएको छ”, उनले भने ।
अहिले बिहान र बेलुका फुर्सदको समयमा बालबालिकादेखि वृद्धवृद्धासम्मको उद्यानमा बाक्लो उपस्थिति हुने गरेको छ । यस उद्यानमा बालबालिकाको खेल्ने सुविधासँगै वृद्धवृद्धाका लागि ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रसमेत बनाइएको छ । घुमफिरका लागि उद्यानलाई हरियाली र आकर्षक बनाउन खण्ड–खण्ड बनाएर विभिन्न किशिमका फूल रोपिएको र बाह्रैमास हरियो हुने दुबोले समेत उद्यानको सौन्दर्य बढाएको छ ।
भविष्यसम्मको आवश्यकतालाई मध्यनजर गरी उद्यान निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । “बाबियाचौर बजारमा सहरीकरण बढ्दै गएको छ, यहाँ बालबालिका खेल्नका लागि सडकमा निस्कन्छन्, सवारी साधनको ओहोरदोहोरले दुर्घटनाको जोखिम बढिरहेको छ, हामीले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एउटै स्थानमा रमाइलो र मनोरञ्जन लिने थलोको रुपमा उद्यानको अवधारणलाई अघि बढाएका थियौँ, आज त्यो पूरा भएको छ”, उनले भन ।
बच्चाको शारीरिक र मानसिक विकासका लागि मनोरञ्जन प्रमुख विषय रहेको अवस्थामा उपयुक्त खेल्ने ठाउँ नहुँदा बालबालिका मोबाइलमा मात्रै भुल्ने गरेकाले गाउँपालिकाले आफ्नो गौरवको योजनाको रुपमा उद्यान निर्माण गरेको अध्यक्ष रोकाको भनाइ थियो । आर्थिक वर्ष २०७५÷०७६ मा सुरु गरिएको यस उद्यानमा सङ्ग्रहालय, खानेपानी, बगैँचा, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायत पूर्वाधार निर्माण गरिएको छ । सुरक्षाका लागि वरिपरि घेरावार र प्रवेशद्वार निर्माण गरिएको छ । उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि ‘रनिङ स्पट’ बनाइएको छ ।
उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुईदाम जग्गा निःशुल्क उपलब्ध गराएको हो । त्यसैगरी थप पाँच आना जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु एक लाख र मङ्गला युवा क्लबले रु दुई लाख सहयोग उपलब्ध गराएको थियो ।
हाल काठमाडौंमा बसोबास गर्ने जग्गादाता अधिकारीले आफूहरुले दान गरेको जग्गामा भव्य उद्यान निर्माण भएकामा खुसी व्यक्त गरे। “हामी यही जन्मियौँ, हुर्कियौँ, अहिले काठमाडाैंमा छौँ, हामीले निःशुल्क उपलब्ध गराएको जग्गामा उद्यान बनेको छ, यहाँ बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउने थलोको रुपमा उद्यानलाई अघि बढाइएको रहेछ, यो उद्यानले मङ्गलाको विकासमा नयाँ आयाम थपेको महसुस गरेको छु”, उनले भने ।
उद्यानमा स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीे संरक्षणका लागि सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । सङ्ग्रहालय भवनमा स्थानीय लोपोन्मुख सामग्री सजाएर गरेर राख्ने र उद्यानलाई थप सौन्दर्य बढाउँदै लैजाने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताए । उनका अनुसार उद्यानलाई निःशुल्क जग्गा दिने अधिकारीको सम्मानमा उद्यान परिसरमा अर्धकदको सालिक वनाइएको छ भने सङ्ग्रहालयको नाम ‘मङ्गला खड्गनन्द सङ्ग्रहालय’ राखिएको छ ।
उद्यान निर्माण गर्न डिभिजन वन कार्यालयले रु १८ लाख र गण्डकी प्रदेश सरकारले सङ्ग्रहालयका लागि रु १६ लाख तथा ज्येष्ठ नागरिक आश्रयस्थलका लागि रु सात लाख उपलब्ध गराएका थिए । उद्यानको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र सङ्ग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले करिब रु ६० लाखभन्दा बढी लगानी गरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार