मुआब्जा माग गर्दै सिर्सिया खलवा टोलाका स्थानीयले बुझाए ज्ञापन
आबिद हुसेन
फागुन १५, २०७९ सोमबार २१:४४:५२
१५ फागुन, बीरगञ्ज । बीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया खलवा टोलाका स्थानीयले मुआब्जा माग गर्दै महानगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार स्थानीयले मुआब्जा चलन चल्ति अनुसार पाउनुपर्ने दाबी गर्दै महानगरप्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।
सुख्खा बन्दर्गाह विस्तारका लागि नेपाल सरकारले अधिग्रहण गरेको ६२ विगाह जग्गा २०७३ सालदेखि नै खरिद विक्रि हक हस्तान्तरण हुन नसक्ने गरि रोक्का गरेको र २०७६ मा मुआब्जाका लागि मूल्यांकन तय गरिएको भए पनि उचित मुल्यांकन नभएको भन्दै चलनचल्तिको मुल्यांकन गरेर तत्काल मुआब्जा उपलब्ध गराउन स्थानीयले आग्रह गरेका हुन् ।
स्थानीयको ज्ञापन पत्र बुझ्दै महानगरप्रमुख सिंहले मुआब्जाको समस्या समाधानका लागि सम्बन्धित निकायमा आफूले पनि दबाब दिने प्रतिबद्धता जनाए । वर्षौंदेखि मुआब्जाबाट बन्चित हुँदा स्थानीयलाई ठूलो क्षति भएको भन्दै उहाँले तत्काल सम्बोधन गराउन आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताए ।
स्थानीयले संघर्ष समिति नै बनाएर मुआब्जा तत्काल पाउनुपर्ने माग राख्दै संघर्षका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले आजै पर्साका प्रमुख जिल्ला अधिकारी र सुख्खा बन्दरगाह कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार