सिर्सिया नदीमा फोहोर फाल्ने ३ वटा ट्याक्टरलाई जरिबाना, अब उद्योग कारबाहीमा तानिदै
आबिद हुसेन
फागुन १६, २०७९ मंगलबार १८:५५:१६
१६ फागुन, बीरगञ्ज । उद्योगबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई बीरगञ्ज महानगरले नियन्त्रणमा लिएर कारबाही गरेको छ । वीरगञ्जको वडा नम्वर २१ मा सिर्सिया नदीमा फोहोर फालिरहेको अवस्थामा फेला परेका ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा प्र २–०३–००१ त ४८७, ना १८ त ६८८९ र ना ७ त ५३८९ रहेको महानगरपालिकाले जनाएको छ । तीनै वटा ट्याक्टरलाई महानगरले बिहान नियन्त्रणमा लिएर बालमन्दिरमा राखेको थियो । तीनै वटा ट्याक्टरका चालकलाई पहिलो पटक १÷१ हजार जरिबाना गरेर छाडिएको छ ।
महानगरपालिकाले सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियान चलाईरहेको अवस्थामा नदी प्रदुषण गर्ने जो कसैलाई पनि कारबाही गर्ने रणनीति अनुसार नदीमा फोहोर गर्नेलाई आजबाट जरिबाना गर्न सुरु गरेको हो । नदी प्रदुषण नियन्त्रणका लागि महानगरले समिति नै बनाएर अनुगमनलाई समेत तिब्रता दिएको छ । नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर जथाभावी फालिदिँदा सिर्सिया नदी प्रदुषित हुने गरेको छ ।
महानगरले उद्योगहरुलाई पनि कारबाही गर्ने तयारी अनुरुप मरियम लेदर सहित ५ वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी दिएको छ । यहाँ रहेका उद्योगकै कारण सिर्सिया नदी प्रदुषण हुँदै आएको छ । आज उद्योगबाट निस्केको फोहोर नदीमा ल्याएर फाल्ने ट्याक्टरलाई चेतावनी स्वरुप कारबाही गरिएको र आउँदा दिनमा फोहोर पानी सोझै नदीमा मिसाउने उद्योगलाई पनि कारबाही गरिने महानगर प्रमुख राजेशमान सिंहले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार