सेनामा प्रतिशोधी कारवाहीः उपरथि शाहीलाई सेवाबाट हटाइयो, सर्वोच्चको आदेशमा अटेरी
नेपालबहस संवाददाता
फागुन १८, २०७९ शुक्रबार २:४५:२५
१८ फागुन, काठमाडौं । नेपाली सेनामा एउटा प्रधानसेनापति नियुक्त भएपछि अघिल्ला प्रधानसेनापतिलाई सहयोग गर्ने अधिकृतहरुमाथि सधै प्रतिशोध साँध्ने गरिन्छ । नेपाली सेनामा अहिले यस्तै प्रतिशोध साँध्ने काम भैरहेको छ । आर्थिक अनियमितताको आरोपमा अनुसन्धान भैरहेको उपरथि प्रेम शाहीलाई सैनिक विद्रोहको आरोप लगाएर अनुसन्धान शुरु भएको छ ।
‘नेपाली सेनाका प्रधानसेनापतिविरुद्ध विद्रोह गर्न षड्यन्त्र गरेको अर्थात् म्युटिनीको प्रयासका लागि षड्यन्त्र गरेको आरोपमा नेपाली सेनाले आफ्ना दुई उच्चअधिकृतहरुलाई थुनामा राखेको छ’, सैनिक स्रोतले भन्यो । सोही प्रतिशोधका कारण विहिबार नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अदालतको फैसलाले सेवाबाट हटाएको छ । आर्थिक अनुशासनमा नबसेको आरोपमा दुईमहिनादेखि थुनामा राखिएका शाहीलाई उपरथी ताराध्वज पाण्डेको नेतृत्वको सैनिक अदालतले बिहीबार सेवाबाट हटाउने फैसला गर्यो ।
शाहीसँगै थुनामा रहेका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमसिनालाई भने आंशिक कारबाही भएको जंगी अड्डाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले बताए ।
प्रधानसेनापतिजस्तो सेनाको सर्वोच्च संस्थाविरुद्ध षड्यन्त्र गरेको आरोपमा थुनामा पर्नेमा महासेनानी दर्जाका एक र लेफ्टिनेण्ट कर्णेल दर्जाका एक गरी दुई अधिकृत छन् । उनीहरु फागुन १४ गते आइतावारदेखि सैनिक हिरासतमा रहेको बताइएको छ । तर सर्वोच्च अदालतले किन थुनामा राखेको भन्दै अदालत हाजिर गराउन दिएको आदेशलाई पनि अटेर गरेको छ । पक्राउ परेका प्राड विवाकका प्रमुख सेनानी कुलदिप तिमसिना र महासेनानी महेन्द्रजंग शाहलाई तीन दिनभित्र उपस्थित गराउन बुधबार सर्वोच्च अदालतले आदेश दिएको भएपनि आदेशको कार्यान्वयन हुन सकेको छैन ।
नेपाली सेनाले विस्तृत अनुसन्धानपछि महासेनानी महेन्द्रजंग शाह र लेफ्टिनेण्ट कर्णेल कुलदीप तिमिल्सिना आफ्नै सेनापतिविरुद्ध षड्यन्त्र गरेको आरोपसहित सैनिक प्रहरीको हिरासतमा राखिएको जनाएको छ । यी दुबै सैनिक उच्चअधिकारीहरुलाई सैनिक मुख्यालय भद्रकालीमै थुनिएको छ । दुबै अधिकृतहरुले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई अप्ठेरोमा पारेर फसाएर अर्कै व्यक्तिलाई प्रधानसेनापति बनाउनु पर्छ भन्नेसम्मको काम गरेको आरोप लगाइएको छ । ‘शुरुमा आर्थिक अनुशासन कायम गर्न नसकेको आरोप लगाइएको थियो अहिले प्रधानसेनापतिलाई हटाउन लागेको भन्ने आरोप छ’, स्रोतले भन्यो ‘दुई जर्नेलले प्रधानसेनापति हटाउन सक्छन कि सक्दैनन भन्ने प्रश्नको जवाफ भने दिइएको छैन ।’
यी दुबैलाई थुनामा राख्नका लागि यसबारे उनीहरुले लिखितरुपमा पठाएका इमेल पत्राचारलाई आधार बनाइएको दावी सैनिक स्रोतले गरेको छ । त्यस्तो पत्राचार उनीहरुले क कस्लाई गरेका थिए र यो प्रकरणमा सेनाभित्र र बाहिर को को संलग्न छन् भन्ने स्पष्ट खुलिसकेको छैन ।
तर, नेपाली सेनामा विवादस्पद बनेका उपरथी प्रेम शाहीको भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरीले अनुसन्धान गर्दै जाँदा प्रधानसेनापतिविरुद्ध षड्यन्त्रपूर्ण कार्य गरेको प्रमाणहरु भेटिएको भन्दै अर्को आरोप थपिएको थियो । त्यही आधारमा शाह र तिमिल्सिना पक्राउ परेका हुन् ।
‘उहाँहरुसँग सोधपुछ अनुसन्धान चलिरहेको छ’, नेपाली सेनाका प्रवक्ता सहायक रथि कृष्ण भण्डारीले भने । सेनापतिविरुद्ध सिलसिलेबार अफवाहरु फैलाउने प्रयासका बारेमा पनि कोर्ट अफ इन्क्वाइरीले केही तथ्यहरु पत्ता लगाएको भनिएपनि के के गरेका थिए भन्ने कही कतै खुलेको छैन । तर, सो कार्यमा संलग्नहरु को को हुन् भन्ने स्पष्ट भइसकेको छैन । यो प्रकरणमा कोर्ट अफ इन्क्वाइरी बोर्डले दिएको प्रतिवेदनका आधारमा सेनापति शर्माले सात सदस्यीय कोर्ट मार्शल गठन गरेका छन ।
उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा गठित कोर्ट मार्शल बोर्डमा उपरथी कृष्णदेव भट्ट, सहायक रथीहरु प्राड विवाकका जीवन दाहाल छन् । त्यसैगरी सहायक रथीहरु पवन खत्री, प्रकाश देउजा, विष्णुबहादुर राउत र महासेनानी नारायण थापा सो बोर्डमा छन् । ‘अहिले जो जो माथि छानवीन चलिरहेको उहाँहरुको खास गल्ती नभएपनि अघिल्लो प्रधानसेनापति पूर्णचन्द्र थापालाई सहयोग बाहेक अर्को कसुर छैन’, सैनिक स्रोतले भन्यो । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अदालतको फैसलाले सेवाबाट हटाएको छ । आर्थिक अनुशासनमा नबसेको आरोपमा दुईमहिनादेखि थुनामा राखिएका शाहीलाई उपरथी ताराध्वज पाण्डेको नेतृत्वको सैनिक अदालतले बिहीबार सेवाबाट हटाउने फैसला गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार