छक्का पन्जा ४ को ‘सिरूपाते जुँगामा’ सार्वजनिक
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार २३:१६:४६
२३ फागुन, काठमाडौं । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘छक्का पन्जा ४’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । शनिबार र आइतबार फिल्मको व्यापार सुखद रहेपछि सोमबार उपत्यका होली बिदाले पनि फिल्मले अपार सफलता पाएको छ ।
आज तराइ होली बिदा र भोली नारी दिवस परेकाले पनि फिल्मको व्यापारमा फेरि उछाल आउने पक्का छ । हेमराज बीसीको निर्देशनमा तयार भएको यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वुद्दि तामाङ, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी लगायतका कलाकारको अभिनय छ ।
फिल्मले नेपाली फिल्म क्षेत्रमा फेरि एकपटक चहलपहल ल्याइदिएको छ । यो साता केही सार्वजनिक बिदा समेत परेकाले पनि फिल्म फाइदै फाइदामा परेको छ ।
यो फिल्मको कथामा एउटा गुन्डाबाट राजनीतिज्ञ हुँदै मन्त्री बन्न लागेको ‘राजा’को यात्रालाई प्रस्तुत गरेको छ । सांसद बनेसँगै उनले मिडियाको साथमा गरेको काम कारवाहीलाई फिल्ममा देखाइएको छ । यसमा राजालाई मन्त्री बनाउने प्रस्ताव गरिन्छ र त्यसपछिका कथावस्तु पिटिकल तरिकाले प्रस्तुत गरिएको छ ।
यो फिल्मले समाजको कथालाई मिठो तरिकाले प्रस्तुत गरेको छ । विशेषगरि, राजनीतिकतन्त्र र गणतन्त्रमा कर्मचारीतन्त्र हाबी हुँदा जनताले भोग्नु परेको समस्या, कर्मचारीतन्त्रमाथि धावा बोल्न उदाएको राजाको कथा फिल्ममा प्रस्तुत गरिएको छ । यहि फिल्मको शिर्ष गीत मंगलबार सार्वजनिक भएको छ । ‘सिरूपाते जुँगामा’ बोलको गीत पश्चिमेली लवजको भएकाले पनि सबैको मन जित्नेमा निमार्ण पक्ष ढुक्क छ ।
चलचित्र प्रदर्शनको पाँच दिनपछि मंगलवार यो गीत युट्युबमा सार्वजनिक गरिएको हो । यो गीतको टुक्का टिकटक लगायतका सामाजिक सञ्जालमा यसअघि नै हिट भइसकेको छ । कथा खुल्नसक्ने भएका कारण निर्माण टिमले चलचित्र रिलिजको केही दिनपछि मात्रै यो गीत सार्वजनिक गरेको हो ।
शंकर अधिकारी ‘घायल’को शब्द रहेको यस गीतमा बाबुल गिरीको संगीत एवं स्वर छ । आयुष खतिवडा र पवित्रा गुरुङले गीतमा कोरस स्वर दिएका छन् ।
भिडियोमा चलचित्रका कलाकारहरू दीपकराज गिरी र बेनिशा हमाललाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । केदार प्रसाद घिमिरे, दीपाश्री निरौला, राज आचार्य लगायतका अन्य कलाकारहरू समेत भिडियोमा प्रस्तुत छन् ।हेमराजको निर्देशन रहेको ‘छक्का पञ्जा ४’ले चार दिनमा ‘सोमबार’ ६ करोड हाराहारीको कलेक्सन गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार