चैतन्यको आयोजनामा सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
फागुन २७, २०७९ शनिबार १९:१५:४२
२७ फागुन, धनगढी । धनगढीको शिवनगरस्थित चैतन्य पाठशालाको आयोजनामा ‘सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापन’ विषयक कार्यक्रम सम्पन्न भएको छ । एकेडेमीले शुक्रबार कार्यक्रमको आयोजना गरेको थियो ।
विज्ञ मनोविमर्शकर्ताहरूले कार्यक्रममा उपस्थितहरूलाई सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए। कार्यक्रममा धनगढीमा रहेका विभिन्न पेसा, व्यवसायी, समाजसेवी, शिक्षा सेवी, राजनीतिज्ञ, कला(संस्कृतिकर्मी, पत्रकार, बैंकर्स, पर्यटन व्यवसायी, खेलाडी, निर्माण व्यवसायी एवम् राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको चैतन्य ग्रुपमा सिइओ गणेश जोशीले बताए ।
‘अहिलेको भागदौडपूर्ण जीवनमा प्रत्येक मानिसमा तनाव छ। तर, तनाव समस्याको समाधान होइन । यसले हाम्रो स्वास्थ्यमा मात्र असर गर्छ। हामीले तनावको सही व्यवस्थापन गर्न सक्यौं भने सफल जीवन जिउन सक्छौं,’ जोशीले भने। सामाजिक उत्तरदायित्वका हिसाबले यो कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
केही दिन पहिलेमात्रै एकेडेमीले योग शिविरको आयोजना गरेको बताउँदै जोशीले सामाजिक उत्तरदायित्वका विविध क्षेत्रमा आफूहरूले आगामी दिनमा पनि रचनात्मक काम गर्दै जाने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार