उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायम, प्रमुख आयुक्तको कानुनी व्याख्या गलत
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १८:२१:२६
२८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी कानुन बमोजिम भएको ठहर भएको छ । यसअघि राष्ट्रपतिमा पुरुष उम्मेदवार विजयी भएपछि उपराष्ट्रपतिमा महिला उम्मेदवार नै अनिवार्य हुनुपर्ने भन्दै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गरेको कानुनी व्याख्या पनि गलत र संविधान विपरित भएको ठहरिएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले दलहरुलाई उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने भनेका थिए ।
यादवबिरुद्ध परेका उजुरीमाथि छानविन गर्दै निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिइन् । अब रामसहाय यादवको उम्मेदवारी बदर नभएर चारैजनाको उम्मेदवारी कायमै भएको छ ।
यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । तर, कानुन सम्वत रहेको भन्दै काठमाडौँ निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार यादवको उम्मेदवारी कामय राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै यादवको कायम गर्ने निर्णय भएको हो । फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतले उम्मेदवारी कायम गर्ने निर्णय गरेका हुन् ।
निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध परेका उजुरीहरू खारेज गर्ने निर्णय भएको जानकारी दिए । यादवविरुद्ध उपराष्ट्रपतिमा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमतका उम्मेदवार ममता झाले उजुरी दर्ता गराएका थिए । यसअघि निर्वाचन आयोगले जारी गरेको विज्ञप्तीमा पनि राष्ट्रपतिमा निर्वाचित भएको लिङ्ग वा समुदायभन्दा फरक समुदायको उम्मेदवार हुनपर्ने भनिएको थियो । तर, यो कानुनलाई प्रमुख आयुक्त थपलियाले थप व्याख्या गर्दै राष्ट्रपतिमा पुरुष भएपछि फरक लिङ्गको अर्थ महिला नै भएको भन्दै महिला बाहेकको उम्मेदवारी दर्ता नहुने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार