प्रधानमन्त्रीको दूत बनेर शर्मा पुगे दिल्ली, ‘रअ’ र रिमका प्रतिनिधिसँग गोप्य वार्ता
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १९:५:४७
२८ फागुन, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादी धारका नेताहरुसँग सम्बन्धित द्धन्द्धकालिन घटनालाई लिएर नेपालको राजनीति तातिरहेका बेला प्रधानमन्त्रीको दूत बनेर माओवादीका नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा यतिबेला भारतको नयाँ लिल्ली पुगेका छन् । उनी आइतबार मध्याह्न दिल्ली पुगेको बताइएको छ । शर्मासँगै नेपालस्थित भारतीय राजदूतावासका कन्सुलर अनिल गिरी पनि लिल्ली पुगेको खबर छ ।
नेकपा माओवादीका उपमहासचिवसमेत रहेका नेता शर्मा आकस्मिक दिल्ली जानुको कारण नखुलाइए पनि उनीले प्रधानमन्त्री प्रचण्डका प्रतिनिधिको रुपमा ‘रअ’का उच्च अधिकारी र ‘रिम’का प्रतिनिधिहरुसँग भेटघाट गर्ने बताइएको छ । ‘रिम’ कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसअघिको नेपालमा भएको मााओवादीको दश वर्षे जनयुद्धमा पनि ‘रिम’ले ठूलो भूमिका निर्वाह गरेको थियो । यसले कम्युनिष्ट आन्दोलनलाई सहयोग पुर्याउने काम गरेपनि पछिल्लो समय दक्षिण एशियामा यसको प्रभाव कम हुँदै गएको थियो । केहि समय अगाडी नेकपा माओवादी यो समुहबाट अलग भएको भनिएको थिया । तर, पछि फेरी चलखेल बढेको छ ।
नयाँ राष्ट्रपतिको निर्वाचन सकिए लगत्तै र अति गाेप्य रुपमा ‘रअ’का प्रतिनिधिसँग प्रधानमन्त्रीको प्रतिनिधि बनेर शर्मा दिल्ली पुग्नुलाई अथृपूर्ण रुपमा हेरिएको छ । स्रोतका अनुसार उपमहासचिव शर्मा दिल्ली पुग्दा नेपाली कांग्रेसका सांसद एवं अर्बपति विनोद चौधरी पनि दिल्लीमा शर्मासँगै देखिएका छन् । उनीहरु दुबै उपराष्ट्रपति निर्वाचनमा काठमाडौंमा आइपुग्ने कार्यतालिका बनाइएको छ । शनिबार विहान नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा काठमाडौंबाट सवा ८ बजे दिल्ली प्रस्थान गरेका शर्माले पुगे लगत्तै ‘रअ’का प्रतिनिधिसँग भेटघाट सुरु गरेको स्रोतको दावी छ ।
उनीसँग भारतीय दूतावासका ‘कन्सुलर’ गिरी पनि स्थलमार्ग हुँदै नयाँ दिल्ली पुगेका छन् । गिरी भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपालस्थित दोस्रो व्यक्ति हुन् भने राधवदेव भाट्नागर नेपाल प्रमुख हुन् । नेपालमा नै रहेका भाट्नागरकै रायमा गिरी गिरी दिल्ली पुगेको बताइएको छ । शर्माले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा केहि भारतिय अधिकारीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ । स्रोतको भनाइमा नेपालका माओवादी धारका नेताहरुलाई एक बनाउन ‘रिम’ले पनि प्रयास गरिरहेको छ । माओवादीसँग लगभग सम्बन्ध टुटिसकेको रिमले फेरी चासो देखाएको छ ।
पछिल्लो राजनीतिक समीकरण बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शर्मासँगै ‘रअ’का सेकेण्डम्यान गिरी पनि भारत पुग्नुलाई पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार र त्यसपछि भारत भ्रमण गर्ने बताउदै आएका छन् । भारत भ्रमणको मेलोमेसो मिलाउन परारष्ट्र मन्त्रालय र भारतस्थित राजदूतावासलाई निर्देशन समेत दिइसकेका छन् । यो अवस्थामा शर्मालाई भारत किन पठाइयो र उनी के उदेश्य लिएर ‘रअ’ र ‘रिम’का प्रतिनिधिलाई भेट गदैछन भनने कुराभने रहस्यमै रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
अर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
के तपाईं मूलासँगै आउने पातहरू फोहोरमा फाल्नुहुन्छ ?
माघ ११, २०८१ शुक्रबार
बाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार