फ्रान्सेली सिनेटद्वारा पेन्सन सुधार विधेयक पारित
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १९:२६:४२
२८ फागुन, एजेन्सी । राष्ट्रव्यापी विरोधका बाबजुद फ्रान्सेली सिनेटले पेन्सन सुधार विधेयक पारित गरेको छ । देशको माथिल्लो सदनले शनिबार राति उक्त विधेयक पारित गरेको हो ।
जनतामाझ अलोकप्रिय उक्त विधेयकको पक्षमा एक सय ९५ मत परेको थियो । विधेयकको विपक्षमा एक सय १२ जनाले मतदान गरेका थिए । अब उक्त विधेयकको मस्यौदालाई सदनको एउटा समितिले अन्तिम रूप दिएर अनुमोदनका निम्ति सिनेट र राष्ट्रियसभामा प्रस्तुत गर्नेछ । संभवतः आगामी बिहीबार उक्त विधेयक सिनेट र राष्ट्रियसभामा प्रस्तुत हुनेछ ।
प्रस्तुत विधेयक पारित भएमा न्यूनतम सेवानिवृत्तिको उमेर ६४ वर्ष हुनेछ । यसअघि ६२ वर्षमा कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था थियो । युवावस्थामा सेवा प्रवेश गरेका फ्रान्सेली नागरिकले उक्त विधेयकलाई अनुचित भनेका छन् ।
सरकारीस्तरमा राष्ट्रपति इम्यानुएल म्याक्रोँको दोस्रो पाँचवर्षे कार्यकालको महत्वपूर्ण उपलव्धि ठानिएको उक्त विधेयकको धेरैले विरोध गरेका छन् । विधेयक पारित गर्न सरकारसँग संसदीय बहुमत भएकाले त्यसले कानुनी हैसियत पाउने विश्वास प्रधानमन्त्री एलिजाबेथ बोर्नले बताए । “सयौँ घण्टाको छलफलपछि सिनेटले पेन्सन सुधार योजनालाई स्वीकृत गरेको छ, यो हाम्रो पेन्सन प्रणालीको भविष्य सुनिश्चित गर्ने एक निर्णायक कदम हो,” उनले भनेका छन ।
विधेयक पारित गर्न सदनमा आवश्यक बहुमत प्राप्त नभएमा संवैधानिक व्यवस्थाअनुसार मतदान बिना नै कानुन बनाउने धारा ४९९३० प्रयोग हुनसक्नेछ । यद्यपि विवादास्पद उक्त धाराको प्रयोग विरलै हुने गरेको छ । शनिबार विधेयकको विरोध गर्दै देशभर विरोधप्रदर्शन भएका थिए । करिब तीन लाख ६८ हजार मानिस विरोधप्रदर्शनमा उत्रिएका थिए । देशभरका रेलसेवा विधेयकका विरोधमा ठप्प भए पनि राजधानी पेरिसको सार्वजनिक यातायात निर्धारित समयमा नै सञ्चालन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसी ड्रोन आक्रमणमा तीन युक्रेनी सर्वसाधारणको मृत्यु
माघ ११, २०८१ शुक्रबार
गाजामा रहेको भग्नावशेष हटाउन तीनदेखि पाँच वर्ष लाग्न सक्ने
माघ ११, २०८१ शुक्रबार
डढेलोका कारण युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
अर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
के तपाईं मूलासँगै आउने पातहरू फोहोरमा फाल्नुहुन्छ ?
माघ ११, २०८१ शुक्रबार
बाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार