एघारदिन हिडेर मिटरब्याजविरुद्धको आन्दोलन टोली आइपुग्यो काठमाडौं
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार २३:२७:२५
१२ चैत, काठमाडौं । ११ दिन अघि मिटरव्याजीबिरुद्ध आन्दोलन गर्न मधेश प्रदेशको बर्दिबासबाट हिँडेका ८५ जना पिडित काठमाडौं आइपुगेका छन् । मिटरब्याजविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन उनहिरु बर्दिबासबाट आइतबार काठमाडौं उपत्यका प्रवेश गरेका हुन् । भोलीदेखि आन्दोलन गर्ने उनीहरुको तयारी छ ।
आफ्ना माग सरकारले नसुनेपछि प्रधानमन्त्री समक्ष माग सुनाउन भन्दै उनीहरूले ११ दिनअघि महोत्तरीदेखि पैदल यात्रा सुरु गरेका थिए । आइतबार दिउँसो उनीहरू मातातीर्थको कुण्ड नजिकै रहेको पौवामा बसेका छन् । आइतबार बिहानै उनीहरू मकवानपुरको फाखेलबाट हिँडेर चन्द्रागिरि नगरपालिकाको मातातीर्थ आइपुगेका थिए ।
यात्रामा ४२ जना महिला साथै केही स्कुले विद्यार्थी र शिशुलाई पनि तिनका अभिभावकले सँगै लिएर आएका छन् । मिटरब्याजविरुद्ध यसअघिदेखि नै धर्ना बसे पनि सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनीहरू फर्किएका थिए । यसपटक भने सरकारले माग सम्बोधन नगरेको भन्दै दवाव दिन राजधानी आएका हुन् ।
गत जेठ अन्तिममा देशभरबाट आएका विपन्न किसान न्याय माग्दै माइतीघर मण्डलमा धर्ना बसेका थिए । २८ जेठदेखि १४ दिन र साउन १८ देखि ४७ दिन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि सरकारले १ असोजमा सम्झौता गरेको थियो ।
गृह मन्त्रालयले गरेको सम्झौतामा मिटरब्याजी सुदखोरहरूले धनसम्पत्ति लिन गरेका लिखत वा मौखिक धम्कीबाट किसानलाई मुक्त गर्ने, सुदखोरहरूको सम्पत्ति छानबिन गर्ने, मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउने उल्लेख थियो ।
त्यस्तै साँवाब्याज चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गर्नेलगायत सहमति भएको थियो ।जिल्ला जिल्लाबाट आएका किसान कठोर धर्नामा बसेपछि सरकारले गरेको सम्झौता अहिले अलपत्र छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव
जेठ १०, २०८१ बिहिबार
तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
जेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
समिति गठनको टीओआरमा कार्यदलमा सहमति जुटेन
जेठ १०, २०८१ बिहिबार
धनुषामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
जेठ १०, २०८१ बिहिबार
चुरेमा कार्यकर्ता नपाल, समितिलाई स्वतन्त्र बनाउ र उत्खनन बन्द गर
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
रौतहट ट्राफिकद्वारा २२ दिनमा ३३ लाख बढी राजश्व संकलन
जेठ १०, २०८१ बिहिबार
ललितपुरको हात्तिवनमा उभौली पर्वको रौनक
जेठ १०, २०८१ बिहिबार