मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो, पाइप फुट्ने समस्या कम हुँदै
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार १९:४१:५३
१५ चैत, काठमाडौं । मेचम्ची खानेपानी वितरणका लागि विच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ । कूल एक हजार १० किमी पाइपमध्ये हालसम्म पाँच सय ७६ किमीमा परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
आगामी असार मसान्तसम्ममा सबै परीक्षण सकाउने लक्ष्य रहेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले बताए । “काठमाडौंको भित्री भागमा अहिले परीक्षण भइरहेको छ”, उनले भने, “बिष्णुमतिबाट पूर्व र टुँडिखेलबाट पश्चिम क्षत्रेमा टेकुदेखि माथिल्लो भागमा परीक्षण बाँकी छ ।”
उनका अनुसार गौशाला, कोटेश्वर क्षेत्रमा परीक्षण भइसकेको छ भने बानेश्वर क्षेत्रमा, कलङ्की–बल्खु क्षेत्रमा पनि परीक्षण भइरहेको निर्देशनालयले जानकारी दिएको छ । स्वयम्भू, बालुवाटारलगायतका कतिपय स्थानमा पाइप विच्छ्याउन नै बाँकी छ । गत महिनामा काठमाडौं उपत्यकाका धेरै स्थानमा पाइप फुट्ने समस्या सबैतिर देखिएपछि हाल परीक्षणपछि उक्त समस्या बिस्तारै कम भएको कार्यालयको दाबी छ ।
परीक्षण भइसकेका स्थानमा नयाँ पाइपबाट पठाइएको र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको ठाउँमा तत्काल मर्मत सुधार गरिरहेकाले चुहावट कम भएको उनले बताए । चक्रपथभित्र एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ बाट पाइप विच्छ्याउन सुरु गरिएको थियो ।
हाल मेलम्चीको पानी वितरणका लागि १० वटा रिजर्भ ट्याङ्की सञ्चालनका लागि तयार रहेको निर्देशनालयको भनाइ छ । जसमध्ये केही ट्याङ्की सञ्चालनमा आइसकेका छन् । नयाँ पाइप प्रयोग भएपछि सबै ट्याङ्की सञ्चालनमा आउने उनको भनाइ छ ।
हाल कार्यालयले घर–घरमा वितरणका लागि पोलिथिन पाइप र मुख्य पाइपमा जिआई पाइप प्रयोग गरेको छ । एक हजार पाँच सयदेखि एक हजार छ सय घरलाई एउटा क्षेत्र बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार