हेटौँडा मोडेल अस्पतालमा विपन्नको निःशुल्क उपचार गर्न निर्देशन
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार २०:२:५९
१५ चैत, मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा मोडेल अस्पताललाई कम्तीमा १० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । कार्यालयको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले मंगलबार अनुगमनका क्रममा सो अनुसारको सेवा उपलब्ध नगराएको पाएपछि उक्त निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेका अनुसार अनुगमनको क्रममा निजी स्वास्थ्य संस्था एकीकृत अनुगमन चेक लिस्टमा भएअनुसार महिला र पुरुषलाई छुट्टै शौचालय, नार्कोटिन औषधि बिक्री गर्ने व्यवस्था, कम्तीमा १० प्रतिशत विपन्नलाई निःशुल्क उपचारको योजना, सूचना अधिकारीको व्यवस्था, सेवासँग सम्बन्धित ऐन नियमावली, ऐम्बुलेन्सको व्यवस्था नरहेको पाइएको हो ।
त्यस्तै, फार्मेसीको प्रमाणपत्र सच्याउनुपर्ने, म्याद सकिएको औषधि फिर्ता गर्नुपर्ने, सी ग्रडेको ल्याबमा प्रयोगशाला सञ्चालन गर्दा नियमबमोजिम न्यूनतम जनशक्ति राख्नुपर्ने, प्रयोगशाला शाखामा फोहर व्यवस्थापन गर्नुपर्ने, रेफ्रिजेरेटर टेम्प्रेचर चेक लिस्ट राख्ने, हट एयर मिटर राख्ने, अटोमेटिक मेसिन सञ्चालनका लागि एसी २४ घण्टा नियमित सञ्चालन नरहेको पाइएकाले सच्याउन निर्देशन दिएको हो ।
टोलीले अस्पतालको प्रयोगशाला, फिजियोथेरापी, इमर्जेन्सी, शल्यक्रिया थियटर, उच्च संवेदनशील कक्ष, आइसीयु, जनरल वार्डमा अनुगमन गरेको थियो । प्रशासनले केही दिनअघि मकवानपुर सहकारी अस्पताल, सिटी अस्पताल र सञ्चो अस्पतालमा पनि अनुगमन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार