घरेलु तथा साना उद्योगको सबै सेवा अनलाइनबाटै हुने
नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार २०:१८:८
१७ चैत, बनियानी । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह सुरु गरेको छ । कार्यालय परिसरमा आज आयोजिक एक कार्यक्रमका बीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कार्यालयको उद्योग तथा वाणिज्य प्रशासन प्रणाली ‘आसिएएस’ को शुभारम्भ गरे ।
अनलाइनको मध्यमबाट सेवा प्रवाह छिटो–छरितो र सुशासन कायम गर्न झापाबाट उद्योग तथा वाणिज्य प्रशासन प्रणालीको सुरुआत गरिएको मन्त्री सिटौलाको भनाइ छ ।“आजदेखि झापाबाट यो सेवा सुरुआत गरेका छौँ”, उनले भने, “अब क्रमशः प्रदेशभरि अनलाइन प्रणाली सञ्चालन हुनेछ ।”
अब कार्यालयद्वारा प्रदान गरिने नयाँ दर्ता, नवीकरण, प्रतिलिपि, नाम सच्याउनेलगायतका उद्योग तथा वाणिज्यसम्बन्धी सबै सेवा अनलाइनबाटै हुने कार्यालयका निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए । राजस्व बुझाउन कार्यालयमै जानुपर्ने छ । राजस्वलाई पनि चाँडै अनलाइनबाटै गर्ने व्यवस्था हुने उनको भनाइ छ ।
घरेलु तथा साना उद्योग कार्यालयको सेवाप्रवाह छिटो–छरितो र प्रभावकारी बनाउन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कोशी प्रदेशले आसीएएस प्रणालीको विकास गरेको हो, कार्यालयका कर्मचारी चन्द्र पौडेलले बताए ।
कार्यक्रममा संविधानसभा सदस्य पूर्णसिंह राजवंशी, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक रामकृष्ण श्रेष्ठलगायतले सरकारी सेवालाई चुस्त–दुरुस्त र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
हुम्लाको स्थानीय तहमा वडाको सिफारिसमा अनुदानको नुन वितरण
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार