पूर्व अर्थमन्त्री डा. महत भन्छन्, ‘कानुनबिपरित गतिबिधि गर्न कसैलाइ छुट छैन’
इन्द्र रिजाल
चैत २, २०७५ शनिबार १६:१४:३१
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले मन्त्रीपरिषदले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाइ प्रतिबन्ध लगाउनुभन्दा देशमा भैरहेको आतंकबादी गतिबिधि रोक्नतर्फ लाग्नुपर्ने बताएका छन् ।
देशभर आतंकबादका गतिबिधि श्रृङ्खलाबद्ध रुपमा भैरहेको भन्दै उनले कानुन बिपरित गतिबिधि गर्न कोहि कसैलाईपनि छुट नभएको प्रष्ट पारे ।
‘मन्त्रीपरिषदले नेकपालाइ प्रतिबन्ध लगाउदैमा मुलुकमा बिप्लवका गतिबिधि रोकिने होइनन्,सरकारले बार्ताको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्छ ’ रिपोर्टर्स क्लव प्रदेश–५ बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै डा महतले सरकारले देशमा शान्ति सुब्यबस्था कायम गर्नुपर्ने बताए ।
बिप्लव नेकपामाथि प्रतिबन्ध ठिक की बेठिक भन्ने प्रश्नमा उनले भने कानुनबिपरित गतिबिधि गर्न कसैलाइ छुट छैन, सरकारले निर्णय गरेर मात्रै बस्ने होइन ।’
सरकारले सहि गति लिन नसकेको भन्दै उनले प्रचारबाजीमा मात्रै समय बिताएको आरोप लगाए । रेल, पानीजहाजका गफ चुटेर संबृद्धि नआउने भन्दै उनले जनताले अनुभूति हुने गरि काम गर्न सरकारलाइ सुझाए ।
कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका उनले कांग्रेस एक भएपनि संगठनात्मक कमजोरी रहेको उल्लेख गरे । अहिले शशक्त प्रतिपक्षको भूमिका पनि निर्बाह गर्न नसकेको भन्दै गति बढाउनुपर्ने बताए । क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका प्रदेश सदस्य कपिल ज्ञवालीले गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक १३ गते
असार ११, २०८१ मंगलबार
महाधिवेशन नगरे पद छोडेर घर जान भ्रातृ संस्थालाई महामन्त्री थापाको आग्रह
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार