होली : विशेष सुरक्षाका लागी काठमाडौंमा २ हजार प्रहरी परिचालन
इन्द्र रिजाल
चैत ५, २०७५ मंगलबार २३:२६:१८
काठमाडौं । रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ ।
काठमाडौँ उपत्यकामा ३ दिनदेखि नै हरेक प्रहरी इकाइमार्फत समुदायसँग मिलेर प्रचारप्रसार अभियान चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र समुदायले संयुक्त अभियानमार्फत प्रचारात्मक ¥यालीसहित माइकिङ, मोबाइलगस्ती गरेर सचेतना जगाइएको छ । तर उच्छृङखल देखिए कारवाही हुने उनले चेतावनी दिए ।
यो वर्ष काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा चैत ६ गते र तराईमा चैत ७ गते होली मनाइन्छ । भित्री मधेशका कतिपय जिल्लामा भने होली दुबै दिन मनाउने गरिन्छ । रङ दलेर होली एक आपसमा भाइचाराका साथ खुशी मनाउँदै सद्भाव साटासाट गर्ने पर्व हो ।
तर पछिल्लो समयमा बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने जबरर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधि देखिने गरेको छ । यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना छन् ।
अहिले जिल्ला प्रहरी कार्यालयलाई पनि घटना भएपछि पक्राउ गर्नुभन्दा घटना हुन नदिनका लागि विभिन्न कार्यक्रम गरी सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले घटना हुन नदिन शुरुमै प्रचारात्मक कार्यक्रममार्फत सचेत बनाउँदै संस्कृति र परम्परा अनुसार होली खेल्न अनुरोध गरिएको छ । पर्वका दिन कुनै उच्छुङ्खलता देखियो भने पक्राउ गरी कारवाही गरिने बताए ।
समुदाय र प्रहरीको संयुक्त अभियान जारी रहेकाले विगतको भन्दा घटना न्यूनीकरण हुने विश्वास गरिएको उनको भनाइ छ । यसपटक काठमार्डौँमा मात्रै १०७ स्थानमा चेक प्वाइन्ट राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
होलीको दिन बुधबार सादा पोशाकमा २ हजार सुरक्षाकर्मी परिचालन गरिनेछन् । काठमाडौँको बसन्तपुर, टुँडिखेल, सामाखुसी, टोखा, महाराजगञ्जलगायत १८ स्थानमा होली कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न सङ्घ संस्थाले अनुमति लिएका छन् । सो क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिँदै परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोगटीले इच्छा विपरीत होली दल्ने, लोला हान्ने, पानी खन्याउने, अमर्यादित गतिविधि गरेको पाइएमा अभद्र व्यवहार अन्तर्गत कानूनी कारवाही हुने उल्लेख गरे ।
‘सबैलाई मेरो विनम्र अनुरोध छ, होलीलाई संस्कृतिअनुसार शान्तिपूर्ण तवरले मनाइदिनु होला’ बोगटीले भने । यस्ता गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालयमा अथवा प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन समेत आह्वान गरिएको छ ।
काठमाडौँ उपत्यकाको तीन जिल्ला हेर्ने महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले होलीलाई नै केन्द्रीत गरेर सुरक्षा योजना बनाएको जानकारी दिंँदै शङ्कास्पद क्षेत्रमा विशेष निगरानीका साथै सुरक्षाकर्मी समेत थप गरिएको बताए । उनले होलीमा अवाञ्छित गतिविधि नहोस् भनेर अहिलेदेखि नै काठमाडौँ, ललितपुर र भक्तपुरमा समुदायसँग समन्वय गरी सचेतना अभियान सञ्चालन गरिएको जानकारी दिए ।
७७ वटै जिल्लाले तीन दिन देखिनै होली विशेष सुरक्षा योजना अन्तर्गत प्रचारात्मक कार्यक्रम अघि बढाएको र मापसे चेकजाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद बनाइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए । उनका अनुसार सादा पोशाकका प्रहरी, घुमुवा प्रहरी र गस्ती टोलीसमेत बढाइएको छ ।
हिरण्यकश्यप नामक राक्षसले भगवान् विष्णुका भक्त रहेका आफ्नै छोरा प्रल्हादलाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र होलिकाले प्रल्हादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रल्हादलाई केही नभएको किम्बदन्तीअनुसार त्यसैको खुशियालीमा एकआपसमा रङ दलेर होली मनाउने प्रचलन छ । रासस
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमति
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार