राजपा–फोरम पार्टीबीच एकताको लागी छलफल कम : हल्ला बढि
इन्द्र रिजाल
चैत ८, २०७५ शुक्रबार १८:५९:१६
काठमाडौं । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच केही दिनयता एकताको चर्चा सुरु भएको छ । यी दुई दलले पार्टी एकताका लागि एकअर्कालाई आह्वान पनि गरिसकेका छन् । तर एकताका लागि केही शर्तहरु पनि अघि सारिएको बताइएको छ ।
एक वर्षसम्म सरकारलाई समर्थन गरेर मन्त्रीमण्डलमै सहभागि हुने आशा राखेको राजपाले रेशम चौधरी प्रकरणमा आक्रोषित भएर समर्थन फिर्ता लिएको घोषणा गर्यो ।
आफ्ना सांसद रेशम चौधरीलाई अदातले टिकापुर काण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेपछि आक्रोषित बनेको राजपाले समर्थन फिर्ता लिएको थियो । फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित एक मन्त्रालय सम्हालेर बसेका छन् । तर उनी आफैँ सरकारको आलोचना गर्न पछि पर्दैनन् ।
यस्तो अवस्थामा दुई दलको एकताका लागि फोरम पनि सरकारबाट बाहिरिनुपर्ने शर्त राजपाले राखेको छ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा प्रवेश र सांसद रेशम चौधरीको जन्मकैदले मधेसका दुई ठूला दलको एकता चर्चा चुलिएको हो ।
फोरमले राजपालाई औपचारिक रूपमा एकताका लागि पत्र नै काटेको छ । राजपाका केही शीर्ष नेताले पनि फोरमसँग एकताका लागि सार्वजनिक कार्यक्रममा प्रस्ताव अघि सारेका छन् । तर एकताका लागि त्यसबाहेक प्रक्रिया अघि बढेको छैन ।
प्रदेश दुईमा मिलेर सरकार बनाएका फोरम र राजपा पछिल्लो समय धेरै मिलेको जस्तो देखिदैन । तर दुवैले तराई मधेशका एजेण्डालाई उठान गर्दै आएकाले जुनसुकै बेला एकता नगर्लान भन्न पनि सकिदैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
चारदिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
मंसिर २०, २०८१ बिहिबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
मंसिर २०, २०८१ बिहिबार
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
मंसिर २०, २०८१ बिहिबार
पाल्पामा सुन्तला महोत्सव हुँदै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार