भाजपाका सांसद सत्रुघन सिन्ह काँग्रेस प्रवेश गर्ने तयारीमा
इन्द्र रिजाल
चैत १५, २०७५ शुक्रबार १२:४४:३५
नयाँ दिल्ली । कलाकारीताबाट राजनीतिमा प्रवेश गरेका भारतीय जनता पार्टी (भाजपा)का नेता तथा सांसद सत्रुघन सिन्हले बिहीबार भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरेका छन् ।
भाजपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने तयारी स्वरूप उनीहरूका बीचमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । आउदो अप्रिल ६ तारिखका दिन सिन्ह काँग्रेसमा प्रवेश गर्ने तय भएको काँग्रेस नेताहरूले जानकारी दिएका छन् ।
राजनीतिज्ञ भएर पनि कलाकारका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचक भएकाले उनले मोदीको पार्टीबाट निर्वाचनका लागि टिकट नपाएपछि काँग्रेस प्रवेश गर्न लागेको बताइएको छ ।
पटनाको सहिब निर्वाचन क्षेत्रबाट टिकट दिन मोदीले अस्विकार गर्नुभएको छ । उनी अहिले पनि भाजपाको सांसद छन् ।उनले आफु पहिले देखि नै नेरु गान्धी परिवारप्रति श्रद्धा गर्ने व्यक्ति भएकाले पनि काँग्रेस पार्टी प्रवेश गर्न मन लागेको बताए ।
उनले यसअघि निर्वाचन लडेको निर्वाचन क्षेत्रमै अहिले काँग्रेस पार्टीबाट निर्वाचन लड्ने पनि जानकारी दिए । काँग्रेसको विहार प्रमुख शक्ति सिंह गोहिलले पार्टीको “स्टार लिडर र स्टार क्याम्पेनर”का रूपमा सिंहले काम गर्ने बताए ।
सिंह सन् २००९ र २००१४ मा पटना साहिबबाट लोकसभामा निर्वाचित भएका थिए । सात चरणमा हुन लागेको भारतको लोकसभा निर्वाचन अन्तर्गत विहारमा अप्रिल ११ देखि मे १९ सम्म मतदान हुने कार्यतालिका रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार