बारको नयाँ नेतृत्वका लागि मतदान सुरु, लोकतान्त्रिक र प्रगतिशील समूह प्यानलसहित निर्वाचनमा
इन्द्र रिजाल
चैत १६, २०७५ शनिबार १५:२६:४६
काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।
लोकतान्त्रिक र प्रगतिशील समूहका कानुन व्यवसायीहरु प्यानलसहित निर्वाचनमा होमिएका छन् । लोकतान्त्रिक समूहको नेतृत्व सुनिलकुमार पोखरेल र प्रगतिशील समूहको नेतृत्व चण्डेश्वर श्रेष्ठले नेतृत्व गरेका छन् । प्रगतिशील प्यानलमा जनजाती तथा मधेसी फोरम निकट समूहसमेत छन् ।
निर्वाचन समितिका संयोजक दामोदर खड्काका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
तीन वर्षे कार्यकालका लागि अध्यक्षमा आठ जना, महिला उपाध्यक्ष, प्रदेश ३ को उपाध्यक्ष एवम् महासचिव पदमा तीन-तीन जना उम्मेदवार छन् । बाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ ।
बार एसोसिएसनका कुल मतदाता देशभर १० हजार ३१३ छन् । काठमाडौं उपत्यकामा मात्रै ५ हजार ५ सय र मतदाता छन् । काठमाडौं उपत्यकाभित्र सर्वोच्च अदालत, नेपाल बार एसोसिएसन, उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा मतदान केन्द्र तोकिएको छ । यसैगरी काठमाडौं उपत्यका बाहिर ३४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
वि.सं. २०१३ सालमा स्थापित नेपाल बार एसोसिएसनले तीन वर्षे कार्यकालका लागि २५ औं नेतृत्व चयन गर्दैछ । देवनाथ बर्माको संयोजकत्वमा २०१३ साल पुस २८ गते नौ सदस्यीय समितिबाट बार एसोसिएसनको गठन भएको थियो ।
स्थापना भएपछि नागरिकको संवैधानिक, मौलिक र न्यायिक हक सुनिश्चित गर्न अग्रस्थानमा रहेर कानुन व्यवसायीहरूको छाता संगठन बारले आन्दोलन गर्दै आएको छ । पछिल्लो समय नेपाल बारमा राजनीतिकरण हावी भएको छ ।
मतदान आज बिहान ८ बजे सुरु भई अपराह्न ४ बजे सकिनेछ । देशभरको मतपेटिका केन्द्रमा आउन दुई दिन लाग्ने भएपछि मतगणना दुई दिनपछि हुने भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार