हावाहुरी प्रभावित बारा पर्सामा चितवनबाट चिकित्सकको टोली जाँदै
इन्द्र रिजाल
चैत १८, २०७५ सोमबार १७:४५:३२
भरतपुर । तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो ।
चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए ।
चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक बताए । अन्य अस्पतालबाट पनि चिकित्सक पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।
रक्तदान कार्यक्रमको आयोजना
तराईका हावाहुरी प्रभावित जिल्लामा रगतको अभाव भएपछि चितवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । भरतपुरको चौविसकोठीमा आज खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
चितवनका सामाजिक अभियानकर्मी, विभिन्न सङ्घसंस्था क्लबलगायतले रक्तदान कार्यक्रमको आयोजना गरेको सहयोगी हात संस्थाका सञ्चालक तथा सामाजिक अभियानकर्मी सूर्य पौडेलले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार